कोरोना कहर : औपचारिकतामा मेला पर्व, पुस्तान्तरणमा समस्या


SHARES

  • सञ्जय श्रेष्ठ

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को कारण देशमा भएको लकडाउन सगैं धार्मिक तथा सास्कृतिक कार्यक्रमहरु पनि बन्द भए । कोरोना भाइरसबाट बच्नको लागि मानिसहरु एक आसपमा भौतिक दुरी कायम गर्नु पर्ने र सामाजिक रुपमा धेरै मान्छेहरुको जमघट नगर्न सरकारको निर्देशनले धार्मिक तथा सास्कृतिक कार्यक्रमले औपचारिकता मात्र पाउदै आएको छ ।

धार्मिक तथा सास्कृतिक कार्यक्रम हुने मन्दिर, गुम्बा, मस्जिद, चर्चहरुमा अहिले औपचारिक रुपमा मात्र पुजा हुने गर्दछ । त्यसैले धार्मिक आस्थाको कारण मन्दिर, गुम्बा, मस्जिद, चर्च जाने मानिसहरुको संख्या कम भएको हो । नेपाल प्राकृतिकसँगै धार्मिक तथा सास्कृतिक विविधता भएको देश हो ।

उपत्यका एउटा सास्कृतिक नगरी हो । यहाँका आदिवासीहरु हरेक दिनजसो कुनै न कुनै चाड तथा पर्व मनाउने गर्दछ । यहाँ धेरै चाड पर्व मनाइन्छ तर केही महत्वपूर्ण पर्व जसले सबैको ध्यान केन्द्रित गराएको छ । उपत्यकाको महत्वपूर्ण मेला पर्व मध्येको गाइजात्रा, होली, मछिन्द्रनाथको रथ यात्रा, बिस्केट जात्रा, इन्द्र जात्रा, कृष्ण अष्टमी लगायत धेरै पर्वहरु छन् । कोरोना भाइरसको कारण यो वर्ष यी जात्रा, पर्व तथा मेलाहरु औपचारिक रुपमा मात्र मनाउदै आएका छन् ।

सरकारले कोरोनाको कारण विगत तीन महिनादेखि गरिएको लकडाउनलाई खुकुलो पार्दै जाने निर्णय गरेपनि स्थानीय तहहरुको मातहतमा सञ्चालन हुने जात्रा पर्वहरुलाई औपचारिक रुपमा मात्र मनाउदै आएका छन् । केही स्थानीय तहहरुले आफैले निर्णय गरेका छन्, त केही सरकारको निर्णयलाई पालना गर्दै आएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोगलाई व्यवस्था गरेका देशहरुमा निकै भयावह स्थिति आएको हुँदा रोगको जोखिम न्युनीकरण गर्न भक्तपुर नगरपालिकाले गाईजात्रा लगायतका जात्राहरुलाई औपचारिकमा सीमित गर्ने निर्णय गरेको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए । उनले लकडाउन सुरु भएदेखि नगरभित्र मनाइने जात्रा पर्वहरुलाई औपचारिकमा मात्र मनाउँदै आएको र आउने पर्वहरु पनि त्यसरी नै मनाउने बताए ।

त्यस्तै ललितपुर महानगरले आफ्नो स्थानीय तहभित्र मनाइने जात्रा पर्वलाई निरन्तरता दिने बिषयमा महानगरले कुनै निर्णय नगरे पनि कोरोना भाइरसको महामारीलाई मध्य नजरगरी जात्रा पर्वलाई निरन्तरता दिने प्रवक्ता राजु मर्हजनले जानकारी दिए । उनले आफ्नो धर्म, सस्कार र सस्कृतिलाई निरन्तरतासंगै देशमा आइ परेको महामारीसँग सचेत हुँदै अगाडि बढ्ने बताए ।

उनले रातो मछिन्द्रनाथको रथ यात्रालाई पनि भौतिक दुरी कायम गर्दै सञ्चालन गर्ने बताए । धेरै मानिसहरुको भिड हुने भएकाले सबैले दर्शन गर्न मिल्ने व्यवस्था गर्ने उनले बताए । जिल्ला प्रशासन कार्यलयले भने रातो मछिन्द्रनाथको रथ यात्रा रोक्न पत्रचार गरि सकेको छ ।

औपचारिकताले पार्ने असर
नेपाली समाज धार्मिक आस्थामा केन्द्रित समाज हो । ‘नेपाली समाज त्यसमा पनि उपत्यकाको नेवारी समाजमा हरेक दिन जस्तो पर्व हुन्छ । ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन भन्छन्, ‘हामीले यस्तो जात्रा पर्व औपचारिकमा सीमित गराउदा यहाँका मानिसमा मानसिक रुपमा गहिरो असर पर्छ ।’

उनले रातो मछिन्द्रनाथको रथ यात्रा औपचारिक मात्र दिने कुराले अहिले यहाँको मानिसमा दर्शन र पूजा गर्न नपाइने चिन्ता बढ्न थालेको उनले बताए ।

आफ्नो जीवन कालमा यस्तो धेरै महामारी र विपत्तिको सामना गरेकाहरु धार्मिक तथा सास्कृतिक कुराहरुलाई निरन्तरता दिनुपर्ने जोड गर्छन् । ‘हाम्रो जात्रा पर्वलाई हामीले निन्तरता दिनु पर्छ, कोरोना सोरोना सबै भगवनाले भगाइ दिन्छन्, कृष्ण मन्दिर परिसरमा भेटिएका स्थानीय बृद्ध कृष्ण गोपाल मर्हजनले भने । सतल (पार्टी)मा बसेर सधै साँझ भजन गाउने ती बृद्धहरु सबैभन्दा बढी विश्वास भगवान माथि गर्ने गर्दछ ।

उनीहरु महामारीभन्दा पनि आफ्नो धार्मिक तथा सांस्कृतिक कुराहरुलाई जगेर्ना गर्ने र त्यसलाई निरन्तरता दिनु पर्ने बताउँछन् । भगवानले सबै समस्याको समाधान गरिदिने हुँदा जात्रा पर्व मनाउनु पर्ने उनीहरु बताउँछन् ।

सरकारले लकडाउन खुकुलो बनाउदै गर्दा उपत्यकाका स्थानीय तहहरुले बिभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्न थालेका छन् । मध्यपुर थिमी नगरपालिकाले मन्दिर, पोखरी, ढुङ्गेधारा लगायत स्थलहरुको उत्घाटन सभाहरु गर्न थालेका छन् ।

महामारीकै बीचमा यसरी आयोजना हुने धार्मिक तथा सांस्कृतिक सभा सम्मेलनहरुमा स्थानीय जनताहरुको उत्साहजनक सहभागिताले धार्मिक तथा सांस्कृतिक पक्षसँग मानिसहरुको गहिरो प्रभाव रहेको देखाउँछ ।

तिथिमितिमा मनाउनुपर्ने जात्रा पर्वहरु तिथि मितिमा नमनाउँदा त्यसको पुस्तान्तरणमा समस्या हुने संस्कृतिविद छत्रबहादुर कायस्थ बताउँछन् ।

महामारी तथा विपत्ति जस्ता बिषयलाई देखाएर हामीले जात्रा पर्वलाई औपचारिकतामा मात्र सीमित राख्दा हाम्रो धर्म, संस्कार, संस्कृतिहरु बिस्तार लोभ हुँदै जाने उनी बताउँछन् । त्यस्तै पर्वहरु मनाउने विधि तथा प्रक्रियाहरुमा दोस्रो पुस्तालाई हस्तान्तरण गर्न समस्या हुने गर्दछ ।

उनी भन्छन्, ‘हामीले दोस्रो पुस्तालाई सिकाउने भनेको नै त्यही समयमा हो ।’ जात्रा पर्व नै नमनाए पछि कसरी सिकाउने ? उनी प्रश्न गर्छन् । महामारीको समयमा सचेतना जरुरी भए पनि आफ्नो धर्म, संस्कार र संस्कृतिलाई पनि संगै व्यवस्थापन गर्दै जानुपर्ने उनले बताए ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV