देशमा विभिन्न स्थानका खोलामा डुबेर तीनजनाको मृत्यु


SHARES

काठमाडौं । देशमा विभिन्न स्थानमा रहेका खोलामा डुबेर तीनजनाको मृत्यु भएको छ ।

रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ ओख्रेनास्थित गुप्तदहमा बिहीबार बिहान पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँका १९ वर्षीय लजिम बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, महोत्तरीको बलवा नगरपालिका–१ बन्चौरीस्थित रातु खोलामा डुबेर सोही ठाउँका राजकिशोर मण्डलकी पाँच वर्षीया छोरी प्रिती कुमारीको बिहीबार दिउँसो मृत्यु भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका–११ तीनपैनेका प्रबिन मुर्मुको तीन वर्षीय छोरा ऋषिकोबिहीबार बिहान घर नजिकै रहेको हिले खोलामा डुबेर मृत्यु भएको छ । डुबेर गम्भीर अवस्थामा फेला परेका उनको उपचारको लागि बीएन्डसी अस्पताल बिर्तामोडतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २४ गते, शनिबार

menu LIVE TV