यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई हैरानी पारेको भन्दै चार युवा पक्राउ


SHARES

काठमाडौं । चन्द्रागिरी नगरपालिका–१० गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई हैरानी दिएको अभियोगमा ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ओखलढुंगा चम्पादेबी गाउँपालिका(४ घर भएका ३० वर्षीय पुष्कर कटुवाल, धनुषा हरीहरपुर गाउँपालिका(७ घर भएका ३० वर्षीय बिमल लामा, धादिङ बेनीघाट रोराङ गाउँपालिका(६ घर भएका २६ वर्षीय बिनोद पुलामी र लमजुङ मर्स्याङदी गाउँपालिका(२ घर भएका २६ वर्षीय उज्जवल गुरुङ रहेका छन ।

उक्त कार्यालय क्षेत्रमा यातायात कार्यालय जाने सेवाग्राहीलाई छिटो काम सम्पन्न गरिदिन्छु भनी सार्वजनिक सडकमै सर्वसाधारण सेवाग्राहीलाई हैरानी दिइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV