भारतमा बन्यो सबैभन्दा सस्तो कोरोना किट


SHARES

एजेन्सी । भारतमा सबैभन्दा सस्तो कोरोना किटको उत्पादन भएको छ । इण्डियन इन्ष्टीच्युट अफ टेक्नोलोजी (आइआइटी)ले विश्वको सबैभन्दा सस्तो किट उत्पादन गरेको हो ।

आइआइटीले उत्पादन गरेको किटको नाम कोरोश्योर राखेको छ । कोरोश्योरलाई आइआइटीले प्रतिकिट मूल्य ३ सय ९९ भारतीय रुपैँया तोकेको छ ।

कोरोश्योरलाई आइआइटीले दिल्लीको फर्म न्युटेक मेडिकल डिभाइससँग मिलेर बनाएको हो । उक्त किटले आईसिएमआर र ड्रग कन्ट्रोलर जनरल अफ इण्डियाबाट स्वीकृति पाइसकेको छ ।

आरटी–पीसीआर पद्धतीमा आधारित कोरोश्योर किट आईसीएमआरको अधिकृत ल्याबमा उपलब्ध रहेको भारतीय सञ्चार माध्यमले लेखेका छन् । आइआइटी दिल्लीले कोरोश्योरको उत्पादनका लागि विभिन्न १० कम्पनीलाई लाइसेन्ससेत प्रदान गरेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV