स्याङ्जामा करदाता सेवा कार्यालय स्थापना


SHARES

स्याङ्जा । यहाँ करदाता सेवा कार्यालयको स्थापना गरिएको छ । अर्थ मन्त्रालय आन्तरिक राजश्व विभागअन्तर्गतको करदाता सेवा कार्यालयले जिल्ला समन्वय समितिको परिसरबाट बिहीबारदेखि आफ्नो सेवा शुभारम्भ गरेको हो ।

जिल्लामा करदाता सेवा कार्यालयको स्थापनासँगै करसम्बन्धी सेवा लिनका लागि पोखरा जानुपर्ने बाध्यताबाट जिल्लाबासी मुक्त भएका छन् । आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोख्रेलले पहिलो सेवाग्राही जिल्लाका स्थानीय व्यवसायी नवराज सुवेदीलाई माला र टीका लगाई सेवाको शुभारम्भ गरे ।

जिल्लाबासीको मागसँगै जिल्लामा करदाता धेरै रहेकाले जिल्ला सदरमुकामस्थित पुतलीबजारमा करदाता सेवा कार्यालय स्थापना गरिएको कार्यालयका प्रमुख कर्म लामाले बताए । जिल्लामा करिब १५ हजार करदाता रहेको कार्यालयले अनुमान गरेको छ । कार्यालय स्थापनापछि धेरै जना करमा आबद्ध हुने कार्यालयले विश्वास लिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV