लकडाउनमा अम्बानी उदय : ४२ प्रतिशत सम्पत्ति बढ्यो


SHARES

एजेन्सी । भारतीय व्यापारी मुकेश अम्बानीले लकडाउनको समयमा आफ्नो सम्पत्ति ४२ प्रतिशत वृद्धि गर्न सफल भएका छन् ।

विश्वभर महामारीको रुप लिएको कोरोनाबाट व्यवसाय तहसनहस भएका बेला अम्बानीको नेटवर्थ भने ४२ प्रतिशतले बढेको हो ।

भारतमा कोरोनाको प्रवेशकालमा २ दशमलव ८४ लाख करोड नेटवर्थ भएका अम्बानीको भारतमा लकडाउन खुल्दै जाँदा ४ लाख करोड पार गरेको छ । यही बीचमा अम्बानीले आफ्नो जियो प्लेटफर्ममा १४ वटा फरक लगानीकर्ता सामेल गरेका छन् ।

जियो प्लेटफर्ममा पछिल्लो लगानीकर्ताको रुपमा गुगलसमेत सामेल भएको छ । रिलायन्स कम्पनीको ४३औँ वार्षिक उत्सवका क्रममा अम्बानीले उक्त खुलासा गरेका हुन् ।

अम्बानीका अनुसार गुगलले जियो प्लेटफर्ममा ३३ हजार ७ सय ३७ करोड भारतीय रुपैँया लगानी गर्नेछ । गुगलले कम्पनीको ७ दशमलव ७३ प्रतिशत शेयरका लागि उक्त लगानी गर्ने भएको हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV