एम्बुलेन्समा यात्रुहरु ओसारपसार गरेको अभियोगमा चालक पक्राउ


SHARES

काभ्रे । एम्बुलेन्समा यात्रुहरु ओसारपसार गरेको अभियोगमा बा .५ च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाही चन्द्रनगर गाउँपालिका–३ बबरगंज बस्ने ३५ वर्षीय जुगतलाल महत्तोलाई काभ्रे बनेपा नगरपालिका–१४ साँगाबाट बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक विकास तथा वातावरण संरक्षण संघ बबरगंज सर्लाहीद्धारा संचालित उक्त एम्बुलेन्स प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले जाँच गर्दा एम्बुलेन्समा कुनै बिरामी नरहेको र चालक समेत ८ जना यात्रु रहेको फेला पारेको थियो ।

चालकले १४ हजार रुपैयाँ भाडा लिई गार्मेन्टमा काम गर्ने मजदुरहरु लिई आएको अवस्थामा फेला पारी उनलई पक्राउ गरेको हो ।

एम्बुलेन्स चालक महत्तोबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण ३० गते, शुक्रबार

menu LIVE TV