ला लिगा : रियललाई एक खेलअगावै लिग जित्ने अवसर


SHARES

काठमाडौं । स्पेनिस लिग ला लिगामा उपाधि विजेताको छिनोफानो लगभग पक्का हुने भएको छ । लिगको ३७औं चरणको खेल बिहीबार राति हुँदैछ । लिगको १० वटामध्ये ९ वटा खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

३७औं चरणको खेलमा चिरप्रतिद्वन्द्वी रियल मड्रिड र बार्सिलोनाको खेललाई बढी महत्त्वका साथ हेरिएको छ । बार्सिलोनाभन्दा ४ अंकले अघि रहेको लिग लिडर रियलले पाँचौं स्थानमा रहेको भिल्लारियलसँग खेल्दैछ भने दोस्रो स्थानमा रहेको बार्सिलोनाले ११औं स्थानमा रहेको क्लब एट्लेटिको ओसासुनासँग खेल्नेछ ।

लिग जित्नकै लागि भए पनि बार्सिलोनालाई आजको खेल जित्नैपर्ने दवाव रहेको छ । यदि रियलले आजको खेलमा जित हासिल गरेको खण्डमा बार्सिलोनाको २०१९/२० सिजनको लिग विजेता बन्ने सपना सकिनेछ । साथै एक खेल अगावै रियल च्याम्पियन बन्ने छ ।

रियल २०१६/१७ पछि पहिलो पटका च्याम्पियन बन्न लागेको हो । ३३औं पटक उपाधि जितिसकेका रियलका खेलाडी यो समयमा उच्च फर्ममा रहेका छन् ।

यसअघि भएको भिल्लारियलसँगको खेलमा रियलले २–२ गोलको बराबरी खेलेको थियो । भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा ग्यारेथ बेलको २ गोलको मद्दतमा हारबाट जोगिएको थियो । पछिल्लो पटक २०१७/१८ मा भिल्लारियलसँग घरेलु मैदानमा ०–१ले पराजित भएको थियो ।

यसैगरी पहिलो लेगमा बार्सिलोना पनि ओसासुनासँग २–२ गोलको बाराबरीमा रोकिएको थियो । आजको खेलमा घरेलु मैदानको फाइदा उठाउँदै जित हात पार्ने दाउमा रहेको छ ।

यस्तै, अन्य खेलमा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडले गेटाफेसँग, चौंथो स्थानमा रहेको सेभिल्लाले रियल सोसिडाडसँग खेल्नेछ । यसैगरी, सेल्टा भिगो र लेभान्ते, मल्लोर्काले ग्रानडा, रियल बेटिसले अलाभस तथा एथ्लेटिक क्लबले लेगानेसको सामना गर्ने छ ।

३६ खेलबाट २५मा जित ८ खेलमा बराबरी र तीनमा हारसहित ८३ अंक जोडेको रियल तालिकाको शीर्ष स्थानमा रहेको छ । यस्तै, २५ खेलमा जित ७ मा बराबरी र ५ खेलमा पराजित हुँदै ७९ अंकसहित बार्सिलोना दोस्रो र १७ खेलमा जित १५ खेलमा पराजित र ४ खेलमा बराबरी खेल्दै ६६ अंकका साथ एट्लेटिको मड्रिड तेस्रो स्थानमा रहेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण ३० गते, शुक्रबार

menu LIVE TV