पर्यटन क्षेत्रलाई चरणवद्ध नखोले आन्दोलन गर्ने व्यवसायीको चेतावनी


SHARES

काठमाडौं । सरकारले पर्यटन क्षेत्रलाई नखोले चरणवद्ध आन्दोलनमा जाने पर्यटन व्यवसायीहरुले चेतावनी दिएका छन् ।

सबै क्षेत्र खोलिसक्दा पनि पर्यटन क्षेत्रलाई बन्द गरिएको भन्दै विस्तारै खोल्ने नीति नलिए आगामी सातादेखि चरणबद्ध आन्दोलनमा जाने व्यवसायीहरुले चेतावनी दिएका हुन् ।

‘टुरिजम अम्ब्रेला एसोसिएसन’ले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा पर्यटन व्यवसायीहरुले सरकारले पर्यटन क्षेत्रलाई तत्काल खोल्न नचाहेको बताउँदै बिस्तारै खोल्ने नीति नलिए आन्दोलनमा जाने चेतावनी दिएका हुन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टसका अध्यक्ष अच्युत गुरागाईंले पर्यटन क्षेत्रलाई विस्तारै खोल्दै जाने नीति नलिए आगामी सातादेखि चरणवद्ध आन्दोलनमा जाने बताए ।

एयरलाइन्स अपरेटर एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले स्वास्थ्य सुरक्षाको सावधानीका उपायहरु अपनाएर आन्तरिक र बाह्य उडानलाई खोल्नुपर्ने बताए ।

होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले एशिया प्रसान्त क्षेत्रका धेरै देशहरुले पर्यटन क्षेत्रलाई खोलिसकेको अवस्थामा नेपालले नखोले पछाडि पर्ने बताएका छन् । उनले कोभिड–१९ समस्या तुरुन्तै समाधान नहुने भएकाले कोभिडसँगै जिउने गरी पर्यटन क्षेत्रलाई खोल्नुपर्ने बताए ।

व्यवसायीहरुले हवाई सेवा समग्र पर्यटन गतिविधिको आधार भएकाले सन् २०२० अगष्ट १ देखि आन्तरिक हवाई उडान र अगष्ट १५ देखि अन्तर्राष्ट्रिय उडान नियमित तालिका अनुसार सञ्चालन गर्न माग गरेका छन् । त्यस्तै, पर्यटकीय सवारी साधनहरु स्वास्थ्य सुरक्षासम्बन्धी उपायहरु पालना गरी निर्वाध रुपमा सञ्चालन गर्न दिन र पर्यटकीय क्षेत्र, गन्तव्य, सेवा तथा बजारीकरणका आधारहरु विस्तारै सञ्चालन गर्न माग गरेका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण ३० गते, शुक्रबार

menu LIVE TV