आज ५८६ जना नेपाली स्वदेश फर्किए


SHARES

काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा अलपत्र ५८६ जना नेपाली बिहीबार स्वदेश फर्किएका छन् ।

त्रिभुवन विमानस्थलबाट एकदर्जन उडान अवतरण भएका छन् । त्यसमध्ये ४ वटा गन्तब्यबाट उक्त संख्यामा नेपाली फर्किएका हुन् ।
विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सको दुईवटा उडानबाट दुबईबाट १५१ र १४३ जना नेपालीलाई स्वेदश ल्याएको छ ।

यस्तै, हिमालय एयरलाइन्सले आबुधावीबाट दुई जहाजबाट १४६÷१४६ जना नेपालीलाई काठमाडौं ल्याएको छ । बिहीबार एयर अरेबियाले सारजाहाबाट कार्गो उडान गरेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २५ गते, आईतवार

menu LIVE TV