अपराध महाशाखाको यो सफलता : भाञ्जाको हत्या आरोपी १३ वर्षपछि पक्राउ (भिडियो)



काठमाडौं । आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने एकजना १३ वर्षपछि पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेश कुमार गुप्तालाई पक्राउ गरेको हो ।

महाशाखाको टोलीले उनलाई सर्लाहीको मलंगवा ८ गोरखकाली भन्ने ठाउँबाट पक्राउ गरिएको महाशाखाका एसएसपी दीपक थापाले बताए ।

अभियुक्तले २ लाख ५० हजार फिरौती मागेका थिए । पछि २ लाखमा कुरा मिलेको थियो । यद्यपि अभियुक्त आफैले फिरौतीबापतको २ लाख रुपैयाँ त्रिभुवन पार्कमा लिएर गएको उनले बताए ।

शव व्यवस्थापनपछि छठ मान्न जान्छु भनेर उनी भारत गएको र उतै बसेको उनले बताए । घटनामा संलग्न धादिङका विष्ण्ुा सुनारलाई प्रहरीले सोही वर्ष मंसिर १२ गते पक्राउ गरेको थियो । उनकै बयानका आधारमा गुप्ताको खोजी कार्य जारी रहेको थियो ।

२०६४ साल असोज २४ गते खिचापोखरी बस्ने रोहित गुप्तालाई उनले अपहरण गरी हत्या गरेका थिए । शव ३ दिनपछि मात्रै फेला परेको थियो ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १५ गते, बिहीबार

menu LIVE TV