पत्नी हत्या अभियोगमा जेल परेका पूर्वडीआइजी रञ्जन थुनामुक्त (भिडियो)



काठमाडौं । पत्नी हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहरी बलका पूर्व डिआजी रञ्जन कोइराला थुना मुक्त भएका छन् ।

पत्नी हत्याको अभियोगमा जन्मकैदको सजाय काटिरहेका कोइरालाको मुद्धामा सर्वोच्च अदालतले गत असार १५ गते ८ वर्ष ६ महिना मात्रै थुना बसे पुग्ने भन्दै थुनामुक्तको आदेश दिएपछि उनी विहीबार बिहान थुनामुक्त भएका हुन् ।

उनलाई जिल्ला र पुनरावेदन अदालतले जन्म कैद अर्थात् २० वर्षको कैद सजायको फैसला गरेको थियो । तर प्रधानान्यायधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेज बहादुर केसीको इजलासले उनी साढे ८ बर्ष जेल बसे पुग्ने फैसला गरेको हो ।

फैसलामा कोइरालाले श्रीमतीलाई तत्काल आवेशमा आई हत्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, सुरक्षा र शिक्षादीक्षामा दूरगामी प्रभाव पर्न जाने हुँदा सजाय घटाइएको उल्लेख छ ।

सर्वोच्चले कोइरालालाई कर्तव्य गरेको भन्दै पुनरावेदन अदालत पाटन कै सजाय सदर गरेको छ । सर्वोच्चको फैसलामा भनिएको छ “निजको मृत्यु पश्चात नाबालक छोराहरुको हेरचाह, संरक्षण एवं शिक्षादीक्षा लगायतका कार्यहरु अभिभावक विहीनताको कारणले अनिश्चय र अन्यौलता हुन गई उनीहरुको हितमा समेत दूरगामाी प्रभाव पर्न जाने कारणले उपरोक्त सजाय गर्दा चर्को पर्न जाने लागेको हुँदा पुनरावेदक प्रतिवादीलाई साबिक मुलुकी ऐन को महल १८८ तथा हामलको प्रचलित फौजदारी कसुर ऐन, २०७४ को दफा १७ क बमोजिम ८ बर्ष ६ महिना कैद सजाय गर्न पनि सजायको मक्सद पुरा हुने देखिएकाले पुनरावेदक प्रतिवादी रञ्जनप्रसाद कोइरालालाई ८ बर्ष ६ महिना कैद हुने ठहर्छ ।”

२०६८ पुस २७ गते रञ्जनले पत्नी गीताको हत्या गरी मकवानपुरको टिस्टुङ जंगलमा लगेर जलाएका थिए । माघ ७ गते उनी फेरि शबको अवस्था बुझ्न टिस्टुङ पुगेपछि उनको अपराध पत्ता लागेको थियो ।

उनलाई २०६८ साल माघ ८ गते रञ्जनलाई नारायणगढबाट काठमाडौ आउँदै गर्दा थानकोटबाट प्रहरीले नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १५ गते, बिहीबार

menu LIVE TV