अमेरिकामा स्वस्तिक चिन्ह भएको मास्क लगाएर वालमार्टमा जाँदा एकवर्ष प्रतिबन्ध (भिडियोसहित)



एजेन्सी । हिन्दु, बुद्धिष्ट र जैन धर्ममा ईश्वर तथा आध्यात्मिकताको संकेतमा प्रयोग गरिने स्वस्तिक चिन्ह भएको फेस मास्क लगाएर मिनियासोटास्थित एक जोडी वालमार्ट भित्र किनमेल गर्न गएपछि उनीहरुलाई वर्षौँसम्म वालमार्टमा किनमेल गर्नको लागि प्रतिबन्द गरिएको छ । शनिबारको उक्त घटनाको मिनियासोटा वालमार्टले पुष्टि गरेको छ ।

सन् १९३० सम्म पश्चिमा देशहरुमा समेत शुभ संकेत र शुभ साइतका लागि प्रयोग हुने स्वस्तिक चिन्ह जर्मनीस्थित नाजीले आफ्नो ब्राण्ड बनाएपछि यो संकेतलाई जर्मन नाजीको चिन्हको रुपमा हेर्ने गरिन्छ । स्वस्तिक चिन्ह भएको मास्क लगाएर किनमेल गर्न वालमार्ट गएका ५९ बर्षीय पुरुष र ६४ बर्षीया महिलालाई प्रतिबन्ध गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

स्विस्तिक चिन्ह भएको मास्क लगाएको जोडीले वालमार्टमा अन्य व्यक्तिसँग भनाभनसमेत गरेका थिए । वालमार्टमा खिचिएको उनीहरुको त्यो भिडियो सामाजिक संजालमा भाइरल भएको छ । भिडियोमा त्यो जोडीलाई अर्को ब्यक्तिले भनेका छन्, “स्वस्तिक चिन्ह भएको मास्क लगाउने मान्छे तिमी अमेरिकन हुन सक्दैनौ” ।

भिडियो भाइरल हुँदै गएपछि शनिबार साँझ वालमार्टले एक बिज्ञप्ति प्रकासित गर्दै भनेको छ, 'वालमार्टमा आज जे भयो त्यो अस्वीकार्य छ । हामी हाम्रो ग्राहकलाई सुरक्षित र सुबिधायुक्त खरिद वातावरण दिन चाहन्छौं । कुनै पनि किसिमको अपमान र भेदभाव हामी स्वीकार गर्दैनौं ।'

मार्शल पुलिस डिपार्टमेन्टले स्थानीय न्युज च्यानल केएआरई ११ लाई स्वस्तिकको ठूलो चिन्ह भएको मास्क लगाएर आउने जोडीलाई अर्को एक बर्ष कुनै पनि वालमार्ट प्रवेशमा रोक लगाइएको जनाएको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १५ गते, बिहीबार

menu LIVE TV