कुसुमले ल्याइन् माकुरी माया (भिडियाे)



काठमाडौं । लामो समयपछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेकी कुसुम गुरुङ ‘माकुरी माया’ लिएर आएकी छिन् । गत मंसिरमा पूर्वसभासद् मधु गुरुङको शब्द र संगीत रहेको सुनमायामार्फत सांगीतिक पुनरागमन गरेकी उनको माकुरी माया दोस्रो गीत हो ।

कवि उपेन्द्र सुब्बाको शब्द र पारस मुकारुङको संगीत रहेको लोकलयमा आधारित गीतमा कुसुमलाई स्वरमा भविन ढुंगानाले साथ दिएका छन् । भविन रियालिटी सो भ्वाइस अफ नेपालको दीप श्रेष्ठ टिमका संगीत प्रशिक्षक हुन् ।

ठेट शब्दहरू रहेको गीतको म्युजिक भिडियोको कोरियोग्राफ तथा निर्देशन आशिष राईले गरेका छन् भने भिडियोमा इमेज लोकस्टारबाट आएका निकेश राई र मोडल बिमला खजुमको अभिनय रहेको छ । फिल्म मेकिङका विद्यार्थीसमेत रहेका आशिषले म्युजिक भिडियोमा आफूले सक्दो मेहनत गरेको बताए ।

२०६१ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि कुसुमले २०६२ सालमा ‘भीरमाथिको गाउँ’ एल्बम बजारमा ल्याएकी थिइन् । टीका चाम्लिङको शब्द र पारस मुकारुङकै संगीत रहेको एल्बमको शीर्ष गीतमा उनलाई स्वरमा भीषण मुकारुङले साथ दिएका थिए ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV