साईप्रसमा धादिङकी २१ वर्षीया नेपाली छात्राको मृत्यु


SHARES

ब्रसेल्स । धादिङ घर भएकी २१ वर्षीया नेपाली छात्रा रेणुका कोइरालाको साइप्रसको निकोसियामा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

अध्ययनको सिलसिलामा गत जनवरीमा इन्टेकमा विद्यार्थी भिसाबाट साईप्रस आएकी छात्रा रेणुका २६ जुलाईको करिव २ बजे राति काम गरेर अफिसबाट डेरातिर फर्कने क्रममा ट्राफिक दुर्घटनामा परी घाइते भएकी उनलाई निकोसीया अस्पताल पुर्याउँदा डाक्टरले तत्कालै मृत घोषणा गरेका थिए ।

निकोसीयाबाट संचारकर्मी समिम मियाका अनुसार स्थानीय प्रहरीले छात्रा रेणुकाको मृत्युबारे पुष्टि गरिसकेको बताए । राति रेणुकालाई पिकअप गरेर आउने चालकसहित मोटरसाइकल हाल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धानको क्रममा मृतक रेणुकाको साथबाट परिचयपत्र, मोबाइल फोन सेट, निलो रंगको झोला, र झोला भित्र केही यूरो भेटिएको साइप्रस प्रहरीले जनाएको छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV