अमेरिकाको टेक्ससमा डुंगाबाट खसेर नेपाली युवतीको मृत्यु


SHARES

टेक्सस । अमेरिकाको टेक्सासस्थित अर्भिङकी २३ वर्षीया नेपाली मुलकी अस्मिता खनालको डुंगाबाट खसेर मृत्यु भएको छ । आइतबार बोटिङ् गर्ने क्रममा डुंगाबाट खसेर तालमा डुबेकी उनको शव फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

टेक्सास राज्यस्थित लुइभिल लेकमा उनी सहित ७ जना साथीहरु छुट्टी मनाउन जाँदा उक्त घटना भएको थियो । लुइभिल लेकमा बोटिङ् गर्दा धेरैले लाइफ ज्याकेट लगाउने गरेतापनि अस्मिताले भने लाइफ ज्याकेट नलगाएको पाइएको छ ।

प्रत्यक्षदर्शी साथी आशा बुढाथोकीले भनिन् ‘अस्मिता डुंगाको छेउमा बसेर रमाउँदै थिइन्, एक्कासी चिप्लिएर खसिन् । मैले उनलाई हामफालेर बचाउन खोजेँ तर भेट्न सकिन’।

घटनापछि साथीहरुले प्रहरीलाई तत्कालै खबर गरेका थिए । प्रहरी र गोताखोरको लगातार ५ घण्टाको प्रयासपछि शव निकालेको प्रत्यक्षदर्शीले बताए ।

टेक्सस उमन्स युनिभर्सिटीमा अध्ययनरत अस्मिता ५ वर्षअघि अध्ययनको सिलसिलामा काठमाडौंबाट अमेरिका आएकी थिइन् । हाल उनको शव टेक्सस मेडिकल सेन्टरमा आवश्यक प्रकृयाको लागि राखिएको छ ।

मृतक अश्मिताको अन्तिम संस्कार लगायतका कार्यको लागि सहयोग स्वरुप सहयोग संकलनार्थ गोफन्ड मिमा ३० हजार डलरको लक्ष्य राखेर खाता खोलिएको छ। आजसम्म झण्डै १९ हजार डलर सहयोग संकलन भएको छ । 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV