सम्झनाले मुटु पोल्छ (भिडियो)


SHARES

काठमाडौँ । ‘सम्झनाले मुटु पोल्छ गोधूलीको घाम टर्दा, पखेरोमै ओइलिन्छु कि निष्ठुरीले छोडी जाँदा’ बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत् सार्वजनिक भएको छ ।

गीतकार जीवन मुकारुङको शब्द, सङ्गीतकार दिनेशकाजी बान्तवाको सङ्गीत र गायिका सविना योङहाङको स्वर सजिएको कर्णप्रिय उक्त गीति भिडियो सेवा इन्टरटेन्टमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

गीतकारसमेत रहेका म्युजिक भिडियो निर्देशक जीवन मुकारुङको निर्देशन र सम्पादन रहेको भिडियोमा मन्दिप मुकारुङ, गायिका तथा मोडल सविना योङहाङ र अव्देहा श्रेष्ठको अभिनय रहेको छ ।

भिडियोमा धनमाया काम्बाङको शृङ्गार र मोडल स्वयम् मन्दिप मुकारुङको सिनेमाटोग्राफी रहेको छ । पदम राजन मगरको सङ्गीत संयोजन रहेको गीतकोे मिक्सिङ तथा रेकर्डिङ मुस्कान मुकारुङले गरेका हुन् । भिडियोमा सुन्दर र मनमोहक दृश्यहरू कैद गरिएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV