मेगा बैंकले ल्यायो अत्यन्तै सस्तो ब्याजदरमा कर्जा सुविधा, दुई दिनमै कर्जा स्वीकृत हुने


SHARES

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई अत्यन्तै सस्तो ब्याजदरमा साना तथा मझौला कर्जा योजना ल्याएको छ । मेगा बैंकको दशौं बार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई ८.३२ प्रतिशत ब्याजदरमै कर्जा दिने गरी बैंकले नयाँ योजना ल्याएको हो ।

अब साना तथा मझौला व्यवसायीहरुले एक करोडसम्मको कर्जा लिँदा ८.३२ प्रतिशत ब्याजदरमै कर्जा पाउनेछन् । यो ब्याजदर एक बर्षसम्म नबढ्ने बैंकले जनाएको छ ।

आवश्यक सम्पूर्ण कागजातसहित निवेदन दिएको दुई दिनमै कर्जा स्वीकृति हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ । मेगा बैंकका देशभर छरिएका २ सय ६ वटा शाखाबाट यो सुविधा पाइनेछ ।

कोरोनाबाट प्रभावित पुराना व्यवसाय तथा नयाँ व्यवसाय सञ्चालनका लागि यो कर्जा योजनाले लाभ मिल्ने मेगा बैंकले विश्वास लिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV