नेकपाका दुबैपक्ष आन्तरिक छलफलमा : एकहप्ताभित्रै नयाँ सहमतिको सम्भावना !


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' छुट्टा-छुट्टै छलफलमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको अनुपस्थितिमा सम्पन्न बैठकले स्थायी कमिटीको अर्को बैठकको मिति तोक्ने जिम्मेवारी प्रचण्डलाई दिएको थियो ।

४४ सदस्यीय स्थायी कमिटीमा २९ जनाको सहभागीतामा सम्पन्न बैठकको निर्णय अनुसार भोलिसम्ममा प्रचण्डले ओलीलाई भेटेर बैठकको वातावरण बनाउने छन् ।

अध्यक्षद्वयकै उपस्थितिमा बैठक सञ्चालनका लागि तत्काल सहमतिको सम्भावना भने देखिएको छैन । तर, दोस्रो तहका नेताहरु सहमति कायम गर्नका लागि सक्रिय भएकाले नेकपाको विवाद समाधान हुने अपेक्षा स्थायी कमिटीका सदस्यले गरेका छन् ।

बिहानैदेखि नेताहरु सक्रिय

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले बुधबार बिहानदेखि छुट्टाछुट्टै छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग परामर्श गरेका छन् । उनले प्रचण्ड नेपाल पक्षका नेताहरुसँग पनि अनौपचारिक संवाद अगाडि बढाएका छन् ।

ओली निकट नेताहरु महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल विभिन्न नेताहरुसँगको छलफलमा जुटेका छन् ।

त्यस्तै अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले पनि विभिन्न पक्षका नेतासँगको संवादलाई तिब्रता दिएका छन् । प्रचण्डले खुमलटारमा अनौपचारिक छलफल गरेका छन् । उनले ओली निकट नेताहरुसँग पनि छलफल गरेका स्रोतले जनाएको छ ।

वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ 'प्रकाश'ले पनि पार्टी विभाजन नहुँने तरिकाले निकास निकाल्ने भन्दै छलफललाई तिब्रता दिएका छन् ।

छलफलले निकास देला ?

अहिलेसम्म नेताहरु विभिन्न विकल्पमा छलफलमा जुटे पनि कुनै सहमतिको ठोस विषयबस्तुमा संवाद केन्द्रित हुन सकेको छैन । अबका एकदुई दिन दुवै पक्षले शक्ति संचय गर्ने र अर्कोविरुद्ध दबाब बढाउनमा केन्द्रित गर्ने देखिएको छ ।

ओली पक्षका एक स्थायी कमिटी सदस्यले भने महाधिवेशनमा जानेगरी एकहप्ताभित्रै सहमतिमा आउनुको विकल्प नभएको बताए । उनले भने, 'उहाँहरु एकहप्ताभित्रै महाधिवेशनमा जानेगरी सहमतिमा आउनु हुन्छ । नआएको अवस्थामा हामी हाम्रो तरिकाले र उहाँहरु उहाँहरुकै तरिकाले अगाडि बढ्नु हुन्छ । हिजोको बैठकले उहाँहरुमा सहमतिका लागि दबाब परेको छ । एकहप्ताभित्रै नयाँ ठाउँमा पुगिन्छ होला ।'

प्रचण्ड निकट स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सहमतिको विकल्प नभएको बताए । उनले भने, 'जनचाहना अनुसार र आम कार्यकर्ताको भावना अनुसार नेतृत्व सहमति गरेर अगाडि बढ्नुपर्छ । सहमतिको विकल्प छैन ।'

नेपाल निकट एक नेताले भने, 'हामीलाई बहुमत छैन भन्नु हुन्थ्यो । हामीले सांकेतिक मात्र देखाएका हौँ । उहाँले अहंकार र दम्भ त्यागेर आएमा सहमतिको सम्भावना छ । अब धेरै दिन कुर्न सकिँदैन । उहाँले फेरि पनि खेल्न खोजेको देखिएको छ । हामीले एकदुई दिनमै फेरि बैठक राख्न दबाब दिन्छौँ । दुवै अध्यक्ष तयार नभएर हिजो भन्दा धेरै साथीहरुको उपस्थितिमा बैठक बसेर निर्णय गर्छौँ ।'

भोलीसम्ममा ओली प्रचण्ड भेटवार्ता हुने र त्यसैका आधार ३/४ दिनभित्रै फेरि अर्को बैठक बस्ने जानकारी एक स्थायी कमिटी सदस्यले दिएका छन् । त्यसका लागि घनश्याम भुषाल, योगेश भट्टराई, शंकर पोखरेल, जनार्दन शर्मा लगायतका नेताहरु सक्रिय भएका स्रोतको भनाइ छ ।

यो पनि हेर्नुस्

नेकपा विवाद : बामदेव गौतम भेट्न भैँसेपाटी पुगे प्रधानमन्त्री ओली

नेकपाको ४४ सदस्यीय स्थायी कमिटीमा यी हुन् आजको बैठकमा सहभागी २९ सदस्य (नामावलीसहित)

नेकपा स्थायी कमिटी बैठक सकियो : ओलीले एकतर्फी बैठक स्थगित गर्नू गलत भएको निष्कर्ष

प्रचण्डले स्थायी कमिटी बैठकमा भने, 'कसैको लहड र उत्तेजनाबाट पार्टी विभाजन हुन दिनु हुँदैन'

नेकपा उपाध्यक्ष बामदेव गौतम पुगे बालुवाटार, बैठकमा सहभागी

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओलीसहितका केही स्थायी कमिटी सदस्य अनुपस्थित

बालुवाटारमा दुबैतर्फ अनौपचारिक छलफल चलिरहँदा ओली-प्रचण्डको भेटवार्ता

पार्टी विग्रह रोक्न बामदेवको ६ बुँदे प्रस्ताव, दुबै बैठकमा नजाने

प्रधानमन्त्री ओली निकट नेकपा स्थायी कमिटी सदस्यहरुले बैठक बहिष्कार गर्ने

नेकपा प्रवक्ता श्रेष्ठ भन्छन्, 'बैठक स्थगित भएको छैन, बालुवाटार बस्ने वातावरण नभए पार्टी कार्यालयमा जान्छौँ'

नेकपा विवाद : ओलीद्वारा एकपक्षीयरुपमा नेकपा स्थायी कमिटी बैठक स्थगित

ओली-प्रचण्डबीच दूरी बढ्यो : बिहान हुने भनिएको भेटवार्ता स्थगित

ओली पक्षको तयारी : 'अध्यक्षद्वयको सहमति नभएसम्म बैठक बस्न सक्दैन, हामीले उचित जवाफ दिन्छौँ'

खुमलटारको निष्कर्ष : 'पुच्छरले कुकुर हल्लायो, अब विधि र प्रक्रियामा अगाडि बढ्नुको विकल्प छैन'


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV