प्रकाशमान भन्छन्, 'देउवाका कारण पार्टीको स्वास्थ्य खराब' (भिडियो)


SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेर बहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठिक नभएको टिप्पणी गरेका छन् । तेह्रौं महाधिवेसनबाट पार्टीको नेतृत्व सम्हालेका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य विग्रेको नेता सिंहले बताए ।

नेता सिंहले पार्टीको विधान र नियमावलीले निर्देशित गरे अनुरुप काम नगर्दा पार्टी अप्ठेरो अवस्थामा पुगेको बताए । नेता सिंहले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएपनि प्रजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलाप समेत गर्न नसकेको बताए । उनले पार्टी प्राजातान्त्रिक मूल्य मान्यता अनुसार चल्न नसकेको स्वीकार गरे ।

महाधिवेसनको विधि र प्रक्रिया जिल्ला र स्थानीय तहमा सुरु भइसक्दा अनुशासनको कारवाही अगाडि बढाउन नहुने उनले बताए । पार्टीको विधान अनुसार अनुशासनमा नरहने व्यक्तिलाई कारवाही गर्ने कुरा ठिक भएपनि पार्टी सभापतिले समयको ख्याल गर्न नसकेकोे बताए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV