नेकपा विवादमा ओली र प्रचण्डको आ-आफ्नै प्रस्ताव : आज नै संवादहीनता तोड्न महासचिवको दौडधुप


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले आ-आफ्नै प्रस्ताव अगाडि सारेका छन् । उपाध्यक्ष बामदेव गौतमको समर्थन प्राप्त गरेपछि ओलीले सचिवालय बैठकमार्फत सहमतिका लागि प्रयास गर्ने प्रस्ताव प्रचण्डसँग पठाएका छन् । प्रचण्डले जारी स्थायी कमिटीबाट नै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

नेकपाको बहुमत सदस्यको उपस्थितिमा बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार अध्यक्षद्वयबीच संवाद हुनुपर्नेमा संवादहीनताको अवस्था देखिएको छ । संवादहीनताको अन्त्यका लागि भन्दै महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँग निरन्तर छलफल गरिरहेका छन् । आज बिहान खुमलटारमा कार्यकारी अध्यक्ष प्रचण्डलाई भेटेका महासचिव पौडेलले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीसँग लगत्तै छलफल गरेका छन् ।

स्रोतका अनुसार सकभर आज नै ओली-प्रचण्ड भेटवार्ता हुनेछ । दुवै पक्षका नेताहरुले पनि शीर्ष नेताहरुसँग भेटवार्ता जारी राखेका छन् । अनौपचारिक संवादमा पनि दुबै पक्षले आआफ्नै अडान राख्ने गरेका छन् । त्यसैले नयाँ सहमति तत्काल हुन नसक्ने एक सचिवालय सदस्यको दावी छ ।

शक्ति सञ्चयमा ओली-प्रचण्ड

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेपछि महासचिव पौडेलको सक्रियतामा उपाध्यक्ष गौतम ओलीको पक्षमा लागेका छन् । उनले ओली निकट नेताहरुकै प्रस्तावलाई विग्रह रोक्ने भन्दै सार्वजनिक गरेका वरिष्ठ नेता माधव कुमार नेपाल निकट एक नेताले जानकारी दिए । उनले भने, 'उहाँ बलियो हुँदा सचिवालय बैठक बोलाउने र अन्य बलियो हुँदा भाग्ने खालको समस्या देखियो । उपाध्यक्षलाई आफ्नो पक्षमा पार्नका लागि पनि महासचिव पौडेलको प्रयासमा ओली सफल भएकाले अहिले उहाँहरुले सचिवालय बैठकमा जोड दिनु भएको छ ।'

गुटहरुप्रति प्रतिबद्ध देखिएका नेताहरु अदलबदल हुन थालेका छन् । दुवैपक्षबाट विभिन्न प्रकारका छलफलले यो अवस्था सिर्जना गरेको हो । एकहप्तादेखि दुवै पक्ष शक्ति संचयमा लागेका छन् । अबका एकदुई दिन दुवै पक्षले शक्ति संचय गर्ने र अर्कोविरुद्ध दबाब बढाउनमा केन्द्रित गर्ने देखिएको छ ।

यो पनि हेर्नुस्

बामदेवले ओलीलाई भने, 'मैले यो प्रस्ताव तपाईँलाई खुसी पार्न ल्याएको होइन, त्यो बुझ्नु भयो भने गलत हुन्छ'

यी हुन् नेकपा केन्द्रीय कमिटीको बैठक माग गर्ने १५२ जना केन्द्रीय सदस्य (नामावलीसहित)

नेकपा विवाद : बामदेव गौतम भेट्न भैँसेपाटी पुगे प्रधानमन्त्री ओली

नेकपाको ४४ सदस्यीय स्थायी कमिटीमा यी हुन् आजको बैठकमा सहभागी २९ सदस्य (नामावलीसहित)

नेकपा स्थायी कमिटी बैठक सकियो : ओलीले एकतर्फी बैठक स्थगित गर्नू गलत भएको निष्कर्ष

प्रचण्डले स्थायी कमिटी बैठकमा भने, 'कसैको लहड र उत्तेजनाबाट पार्टी विभाजन हुन दिनु हुँदैन'

नेकपा उपाध्यक्ष बामदेव गौतम पुगे बालुवाटार, बैठकमा सहभागी

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओलीसहितका केही स्थायी कमिटी सदस्य अनुपस्थित

बालुवाटारमा दुबैतर्फ अनौपचारिक छलफल चलिरहँदा ओली-प्रचण्डको भेटवार्ता

पार्टी विग्रह रोक्न बामदेवको ६ बुँदे प्रस्ताव, दुबै बैठकमा नजाने

प्रधानमन्त्री ओली निकट नेकपा स्थायी कमिटी सदस्यहरुले बैठक बहिष्कार गर्ने

नेकपा प्रवक्ता श्रेष्ठ भन्छन्, 'बैठक स्थगित भएको छैन, बालुवाटार बस्ने वातावरण नभए पार्टी कार्यालयमा जान्छौँ'

नेकपा विवाद : ओलीद्वारा एकपक्षीयरुपमा नेकपा स्थायी कमिटी बैठक स्थगित


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV