सिटिइभिटीमा अनेरास्ववियूको ज्ञापनपत्र « Nagarik Khabar

सिटिइभिटीमा अनेरास्ववियूको ज्ञापनपत्र



काठमाडौं । सत्तारुढ नेकपा निकट अनेरास्ववियूले प्राविधिक शिक्षा तथा व्यावसासिक तालिम परिषद (सिटिइभिटी)मा सात बुँदे ज्ञापनपत्र पेश गरेको छ ।

आज दिउँसो सानोठिमीस्थित सिटिइभिटीको केन्द्रीय कार्यालयमा सदस्य सचिव डा.पुष्परमण वाग्लेलाई अनेरास्ववियूको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा अवैधानिक ढंगले नियुक्त गरिएका उपाध्यक्ष नियुक्तिको निर्णय खारेज गर्नुपर्ने, टिएसएलसी र प्रमाणपत्र तहको रिजल्ट तत्काल प्रकाशित गरिनुपर्ने, चिकित्सा शिक्षा ऐन अनुसार टिएसएलसी फेजआउट प्रक्रिया अघि बढाउनपर्ने माग राखिएको अनेरास्ववियूका केन्द्रीय सदस्य सागर केसीले बताए ।

अनेरास्ववियूले वर्गीकृत छात्रवृत्ति २० प्रतिशतले वृद्धि गर्नुपर्ने, भाद्र दोस्रो साता गर्ने भनिएको परीक्षा रुटिन सार्नुपर्ने, विद्यार्थीको निशुल्क कोरोनाको पिसिआर टेस्ट गर्नुपर्ने र कोरोना विमा गर्नुपर्ने माग समेत राखेको छ ।

आज बुझाइएको ज्ञापनपत्रमा अनेरास्ववियूका नेता बीरेन्द्र विष्ट र अजित कार्कीको संयुक्त हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: