तीज गीतमा ‘कोरोना’


SHARES

बागलुङ । (सवाल) ‘रातो सारी लर्काउँदै, घरमै कम्मर मर्काउँदै
शिरै फूल सजाउ भन्छु है
कोरोनाको डर छ सानु, घरमै बस्नुपर्छ सानु
मत माइत नजाउ भन्छु है’

(जवाफ) ‘सेनीटाइजर घसेर, स्कुटीमा बसेर
मत माइत जान्छु, जान्छु है ।।।’

तीज गीतमा प्रयुक्त दम्पतीको संवाद हो यो । कोरोनाबीच तीज पर्व आएको छ । पति माइत नजाउ भन्छन्, जीवनसङ्गिनी जाने जिद्धी गर्छिन् । एकातिर कोरोनाको डर देखाउँदै घरमै बस्नुपर्ने आग्रह छ । सुरक्षित भएर माइत जाने, आमासँगै बसेर दर खाने रहर अर्कातिर छ ।

गीतले सजगतापूर्वक तीज मनाउनुपर्ने सन्देश दिन्छ ।

‘डराएर हुन्न सानु, कोरोनाले छुन्न सानु
दिक्क लाग्यो घरै बसेर
खुशी हुँदै बाँच्नुपर्छ, साथीसङ्गी नाच्नुपर्छ
दुईचार मिटर परै बसेर ।।।’

तीज पर्वको छेकोमा सार्वजनिक यस गीतमा बद्री पङ्गेनी र कबिता अर्यालको स्वर छ । नवीन लामिछानेले रचना गर्नुभएको गीतमा पङ्गेनीकै सङ्गीत छ । गीतको म्युजिक भिडियोले युट्युबमा झण्डै दुई लाख भ्यूज बटुलेको छ । गायिका प्रिया भण्डारीको एकल गायन रहेको तीज गीत ‘लकडाउन’ युट्युबमा भेटिन्छ । गीतमा पनि कोरोना कहर अभिव्यक्त छ ।

‘आमाबुबा, दिदीबहिनी सुन्नुहोला दाजुभाइ
कोरोनाले केके गर्‍यो भन्छु सबैलाई
कस्तो रोग आयो बरै नामै पनि कोरोना
टाढै बस्न पर्ने अरे हुन्न रे छुन ।।।’

चिरन बरालको शब्द÷सङ्गीत रहेको यस गीतमा कोरोनाले जनजीवनमा पारेको असर÷प्रभावलाई उठान गरिएको छ । पुरानो तीजलयमा गायिका भण्डारीले स्वर दिएकी छिन् । एकल गायनले परम्परागत तीज गीतको झल्को दिन्छ । ‘तीज महामारी काण्ड’ अर्को तीज गीत हो जसले प्रवासी नेपालीको कथा भन्छ । प्रदेशबाट आएको छोरा आँगनछेउ आइपुग्छ । आमालाई ढोग्न खोज्छ । आमाले ढोग्न नदिइ आँगनबाटै फर्काउँछिन् । त्यो दृश्यले मन छुन्छ ।

आमा भन्छिन्, ‘किचिएकी छुनी छोरा मत पीरको भारीले
आफ्नो अर्को भन्दो रैन्छ महामारीले
केही दिन त आराम गर क्वारेन्टिनमा गएर
अनि घर बस्न हुन्छ ढुक्क भएर ।।।’

वषौँपछि छोरा घर आउँदासमेत आमा र परिवारजनमा कुनै हर्ष छैन । कोरोनाको त्रास छ । जीवनसङ्गिनी र लालाबाला पनि नभेटी क्वारेन्टिनमा जानुपर्ने बाध्यता छ । कोरोनाले निम्ताएको सामाजिक असरलाई गीतले उधिनेको छ । छोराको दुःखेसो छ, ‘बल्लबल्ल फर्कि आएँ गाको तीन चार वर्षमा घरमा आउँदा कोही पनि छैनन हर्षमा ।।।’

गीतमा पुरुषोत्तम पौडेल, शर्मिला गुरुङ, देवी घर्ती र खेम सेञ्चुरीको स्वर छ । नेत्र अर्यालको सङ्गीत रहेको उक्त गीतमा गायक सेञ्चुरीकै सङ्गीत छ । पुरुषोत्तम पौडेलको युट्युब च्यानलबाट सार्वजनिक यो गीतले हालसम्म ४० लाख बढी ‘भ्यूज’ पाएको छ ।

गायिका अञ्जु पन्तले गाएको तीज गीत ‘आमाले नदुखाउनु मन’मा कोरोनाका कारण पति गुमाउनु परेपछिको नारीको बिलौना सुन्न पाइन्छ । ‘गोरे’ नाम गरेका युवा कोरोना सङ्क्रमित भएर गाउँ फर्कन्छन् । उनी घर जान खोज्छन् । बाटैबाट उनलाई आइसोलेशन कक्षमा लगिन्छ । रोगले थलिँदै गएपछि गोरेले मृत्युवरण गर्न पुग्छन् ।

पति वियोगको शोकमा उनकी जीवनसङ्गिनी मूर्छित हुन्छिन् । तीजमा माइत जान नपाउँदको बेदना गीतमार्फत पोख्छिन् ।

‘आमाले नदुखाउन मन तीजमा छोरी आइन भनेर
बाबाले नदुखाउनु मन तीजमा छोरी आइन भनेर
जन्मेको घर सम्झेरयता मेरो मन खाइरहन्छ
वर्षेनी तीज चेलीको मन रुवाउन आइरहन्छ ।।।’

हिजो गरिबी र भोकले मुख छोप्दै विदेशिएको गोरे आज महामारीले मुख छोपेर फर्कनुपरेको पीडादायी क्षणको वर्णन गीतमा छ । गोरेको चरित्रमा कलाकार मनोज कार्की र उनकी जीवनसङ्गिनीका रुपमा करिष्मा ढकालको अभिनय जीवन्त छ ।

गाउँले परिवेशमा गरिएको भिडियो छायाङ्कनले गीतमा प्राण भरेको छ । गायिका पन्तको एकल स्वर रहेको उक्त गीतमा रचना र सङ्गीत गायक÷सङ्गीतकार श्रीकृष्ण बम मल्लको छ । मल्लको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतलाई दर्शक÷स्रोताले रुचाएका छन् ।

गत वर्षको तीजमा बीच्च–बीचमा गीतमार्फत चर्चा कमाएका गायक दुर्गेश थापाले यसपाली कोरोनाले जनजीवनमा पारेको असरलाई लिएर तीज गीत सार्वजनिक गरेका छन् । बीच्च बीचमा–२ नाम दिइएको उक्त गीतले सार्वजनिक भएको केही सातामै युट्युबमा ७१ लाखभन्दा बढी भ्यूज पाएको छ ।

कोरोना महामारी रोकथामका लागि भइरहेका प्रयासमाथि थापाले गीतमार्फत व्यङ्ग्य गरेका छन् । बन्दाबन्दीका कारण कमाइ नभएकाले तीज पर्व मितव्यवी भएर मनाउनुपर्ने सन्देशसमेत गीतले दिएको छ ।

‘बाँच्नुपर्छ कोरोना जितेर
लाउलाउ सारी पोहोरकै झिकेर
एउटा फोटो खिच
माछोमाछो भ्यागुतो यसपालिको तीज ।।।’

गीतको म्युजिक भिडियोमा गायक थापासहित जीवन साहानी क्षेत्री, सरिता केसीलगायतका कलाकारको अभिनय छ । गाइजात्रे तीज गीतका रुपमा सार्वजनिक गायक थापाकै ‘बीच्च बीचमा–३’ लाई पनि दर्शक÷स्रोताले रुचाएका छन् ।

उक्त गीतको म्युजिक भिडियोले पनि युट्युबमा ३५ लाख बढी भ्यूज कमाएको छ । गीतमा कोरोनालगायत नेपाली समाजका ज्वलन्त विषयमाथि व्यङ्ग गरिएको छ ।

गीतले भन्छ,

सवस्टेशनमा केबुल जलेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध
सीतलपाटीमा रहेको ३३ केभि सवस्टेशनमा आगलागी हुँदा मङ्गलबारदेखि दुई जिल्लामा विद्युत् अवरुद्ध भएको छ । सवस्टेशनमा जोडिएको केबुल आगो लागेर जलेपछि सल्यान र रुकुम–पश्चिममा विद्युत् सेवा बन्द भएको छ ।

जिल्लामा मर्मत गर्ने जनशक्तिको अभाव भएकाले नेपालगञ्जबाट प्राविधिक आएर मर्मत कार्य शुरु गरिएको नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख अर्जुनकुमार पोखरेलले जानकारी दिनुभयो । आगलागीबाट कति क्षति भएको छ, भन्ने अहिलेसम्म थाहा नभएको पोखरेलले बताउनुभयो । “अहिले मर्मतको काम शुरु भएको छ आगलागीले केबुल मात्र जलेको भए आजबाट नै विद्युत् सुुचारु हुन्छ, ट्रान्समिटरमा क्षति भएको भए विद्युत् सुचारु हुन केही दिन लाग्नसक्छ”, पोखरेलले भन्नुभयो ।

लगातारको वर्षाले मर्मत कार्यसमेत प्रभावित भइरहेको उहाँको भनाइ छ । मङ्गलबार राति सवस्टेशनमा रहेको ट्रान्समिटरमा जोडिएको केबुलमा आगलागी भएको थियो । आगलागीबाट केबुल पूर्णरुपमा जलेको प्राधिकरणको भनाइ छ । जिल्लामा वर्षात् शुरु हुने वित्तिकै विद्युत् अनियमित हुँदै आएको छ । सीतलपाटीमा सवस्टेशन सञ्चालनमा आएपछि समस्या समाधान हुने भनिए पनि अनियमितताको समस्या जस्ताको तस्तै छ ।
–––

‘कोरोनाले लग्यो बरै पल्लाघरे हरिलाई
मरेपछि रिपोर्ट आयो क्यार्नी बरीलाई’
बेसार
बाध्यताको दबाइ के छर ।।’

कुनैताका नारीका दुःख, बेदना कहलिने माध्यमका रुपमा लिइने तीज गीतले पछिल्लो समय बहुल विषय र भावलाई मुखरित गर्न थालेको छ । विश्वलाई आक्रान्त पारिरहेको कोरोनाका अनेक पाटा, पक्षलाईसमेत यसले पकड्न भ्याएको छ ।

कतै सन्देशका रुपमा कतै व्यङ्ग त कतै दुःख, बेदनाको शैलीमा कोरोना प्रकट भएको छ । ऐतिहासिक पर्व गीतको उपमा पाएको तीज गीतमा कोरोनाले नयाँ विषयवस्तु थपिदिएको छ । तीजको मौसमी सङ्गीत बजारमा यी खाले गीतको भिन्नै प्रभाव छ । रासस


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV