खुमलटार पुगेर प्रचण्डसँग असन्तुष्ट नेताले भने, 'हामी तपाईँसँगै छौँ, जबज मान्ने कुरै आउँदैन'


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्ति सन्तुलनमा आरोह अवरोध आइरहेको छ । प्रचण्डसँग असन्तुष्ट भनिएका पूर्वमाओवादी नेताहरु बिहीबार बेलुकी खुमलटार पुगेर आफूहरुले अन्तिम अवस्थासम्म पनि साथ दिने प्रतिवद्धता जनाएका छन् ।

विभिन्न सञ्चारमाध्यममा आएका कुरा गलत भएको भन्दै उनीहरुले प्रचण्डलाई भने, 'हामी तपाईँसँगै छौँ । मिडियामा आएका कुरा सत्य होइनन् । मिल्नुपर्छ भन्ने कुरा मात्र हाम्रो हो । विचारको हिसाबले हामीले जबज मान्ने कुरा आउँदैन ।'

आफूलाई भेट्न आएका नेताहरुलाई प्रचण्डले अहिले भइरहेको वास्तविक विवादका विषयमा प्रष्ट पारेका छलफलमा सहभागी एक नेताले नागरिकखबरलाई जानकारी दिए ।

बिहीबार दिउँसोदेखि बेलुकीसम्म स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, जनार्दन शर्मा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, चक्रपाणी खनाललगायतका नेताहरुले प्रचण्डलाई भेटेका उनको सचिवालयले जनाएको छ ।

असन्तुष्टि जनाएका नेताहरुले वैचारिक हिसाबले र मत विभाजनको अवस्थामा आफूहरु सधैँ प्रचण्डको पक्षमा रहने बताएका छन् ।

यो पनि हेर्नुस्

खुमलटारका ‘विश्वासपात्र’ गौतम यसरी भए बालुवाटार युटर्न !

नेकपा विवादमा ओली र प्रचण्डको आ-आफ्नै प्रस्ताव :  संवादहीनता तोड्न महासचिवको दौडधुप

बामदेवले ओलीलाई भने, 'मैले यो प्रस्ताव तपाईँलाई खुसी पार्न ल्याएको होइन, त्यो बुझ्नु भयो भने गलत हुन्छ'

यी हुन् नेकपा केन्द्रीय कमिटीको बैठक माग गर्ने १५२ जना केन्द्रीय सदस्य (नामावलीसहित)

नेकपा विवाद : बामदेव गौतम भेट्न भैँसेपाटी पुगे प्रधानमन्त्री ओली

नेकपाको ४४ सदस्यीय स्थायी कमिटीमा यी हुन् आजको बैठकमा सहभागी २९ सदस्य (नामावलीसहित)

नेकपा स्थायी कमिटी बैठक सकियो : ओलीले एकतर्फी बैठक स्थगित गर्नू गलत भएको निष्कर्ष

प्रचण्डले स्थायी कमिटी बैठकमा भने, 'कसैको लहड र उत्तेजनाबाट पार्टी विभाजन हुन दिनु हुँदैन'

नेकपा उपाध्यक्ष बामदेव गौतम पुगे बालुवाटार, बैठकमा सहभागी

बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, अध्यक्ष ओलीसहितका केही स्थायी कमिटी सदस्य अनुपस्थित

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV