खेलाडीको हकहितका लागि संसद्मा आवाज उठाउँछुः सभापति देउवा


SHARES

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीको हकहितका लागि सङ्घीय संसद्मा आवाज उठाउने बताएका छन् ।

गत वर्ष नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकूद (साग) मा स्वर्ण पदक विजेता खेलाडीका लागि पार्टीको केन्द्रीय खेलकूद विभागले शुक्रबार सानेपामा आयोजना गरेको सम्मान कार्यक्रममा उनले खेलाडी देशको गहना र शान भएको उल्लेख गरेका छन् ।

सभापति देउवाले कांग्रेसको सरकार भएका बेला खेलाडीका लागि आवश्यक पहल गर्ने आश्वासन दिए । विगतमा पनि कांग्रेसले सरकारको नेतृत्व गरेको बेला खेलाडीको हितमा काम गरेको स्मरण गराउँदै उनले खेलाडीले नै विश्वमा नेपालको इज्जत र प्रतिष्ठा बढाएको बताए ।

आफ्नो संक्षिप्त मन्तव्यमा सभापति देउवाले १३ औँ सागमा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेकामा उनिहरुको प्रशंसा गरे । खेलाडीले देशको गौरव बढाउन खेल्ने भन्दै उनले हरेक नागरिक स्वस्थ रहन खेलकूद आवश्यक भएको उल्लेख गरे । कांग्रेस सधैँ खेलाडीको पक्षमा रहेको बताउँदै उनले केही अप्ठेराहरु भए खेलाडीको पक्षमा लाग्न आफूले सरकारलाई दबाब दिने बताए ।

कोरोना भाइरसको सङ्क्रमणका बेला खेलाडी आफू स्वस्थ रही देशलाई नै स्वस्थ बनाउन भूमिका निर्वाह गर्न उनले सम्पूर्ण खेलाडीलाई आग्रह गरे । कोरोना सङ्क्रमण बढ्दै गएको तर्फ उपस्थित सबैको ध्यान केन्द्रित गर्दै सभापति देउवाले कार्यक्रम आयोजना गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने बताए ।

पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोनाको सङ्क्रमण बढ्दै गएको भन्दै उनले त्यसप्रति सचेत रहन सबैलाई आग्रह गरे । सम्मान कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले देशको इतिहास बोकेको पार्टी कांग्रेसले खेलाडीलाई सम्झेकामा राखेपका तर्फबाट धन्यवाद दिए ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV