क्यामरुन फुटबल टिमका पूर्व कप्तान स्टेफेनको निधन


SHARES

एजेन्सी । क्यामरुनको राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान स्टेफेन टाट्वको निधन भएको छ ।

डिफेन्डर स्टेफेनको शुक्रबार ५७ वर्षको उमेरमा निधन भएको हो । उनको निधनको कारण बारे केही खुलाईएको छैन ।

स्टेफेनको कप्तानीमा क्यामरुन सन् १९९० को विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो ।

यहि सफलताबाट क्यामरुन विश्वकपको क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेको थियो ।

इटालीमा भएको विश्वकप फुटबलमा क्यामरुनले अर्जेन्टिना, रोमानिया र कोलम्बियालाई हराएको थियो ।

अन्तिम आठमा भने क्यामरुन इंग्ल्यान्डसँग अतिरिक्त समयमा तीन दुई गोल अन्तरले पराजित भएको थियो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV