क्वारेन्टिनमा नबसी गाँउ पसेका २५ जनामा कोरोना संक्रमण, गाउँमा त्रास


SHARES

बझाङ । क्वारेन्टाईन छाडेर गाँउ फर्किएका २५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

रिपोर्ट आउने निश्चित नभएको भन्दै एक साता अघि गाँउ छिरेका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त रिपोर्ट सार्वजनिक भएपछि गाउँमा अहिले त्रास फैलीएको छ । केदार स्युँ गाँउपालिकाको वडा नम्बर ६ र ७ का भारतबाट फर्किएका स्थानीयहरु क्वारेन्टाईनमा बस्दै आएका थिए ।

१४ दिन क्वारेन्टाईनमा बसेका १२५ जनाको स्वाब परिक्षणका लागी डडेल्धुरा पढाईएको थियो । उप क्षेत्रीय अस्पताल डडेल्धुराले उक्त स्वाब परिक्षणका लागी काठमाडौ पठाईको र २५ जनामा कोरोना पुष्टि भएको थियो । अहिले पोजेटिभ रिपोर्ट आएकाहरुको स्थानीय तहले खोजी गरी गाँउपालिकाको आईसोलेसनमा राखीएको केदार स्युँ गाँउपालिकाका अध्यक्ष ईन्द्र बहादुर भण्डारीले बताए । स्वाब परिक्षणको नतीजा एक हप्ता सम्म नआएपछि क्वारेन्टाईनमा बसेकाहरुमा कोरोनाको कुनैपनि लक्षण नदेखिएको भन्दै पठाइएको थियो ।

उनीहरु एक हप्ता गाँउमा बसेको र अन्यसंग भेटघाट गरेकाले उनीहरुसंग सम्पर्कमा आएकाहरुको समेत स्वब संकलन गरी पिसीआर परिक्षण गरिने तयारी भएको प्रमुख जिल्ला अधिकारी कमराज भण्डारीले बताए । (राजधानी दैनिक)


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV