एक महिनाको अवधिमा झन्डै पाँच हजारले पुनः श्रम स्वीकृति लिए


SHARES

काठमाडौं । वैदेशिक रोजगारीबाट बिदामा आएर जान नपाएका पछिल्लो एक महिनाको अवधिमा झन्डै पाँच हजारले पुनः श्रम स्वीकृति लिएका छन् ।

गत फागुन ३० गतेदेखि बन्द रहेको वैदेशिक रोजगारीका लागि गएको असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिने प्रक्रिया सुरु भएयता चार हजार ८५० जनाले पुनः श्रम स्वीकृति दिएका हुन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिन सक्ने अख्तियारी प्रदान गरेको थियो ।

सीसीएमसीले परिस्थिति हेरेर श्रम मन्त्रालयलाई बिदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने अधिकार दिएको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को विषयमा छलफल गर्न असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिदामा नेपाल आएका वा करार अवधि बाँकी रहेकाको हकमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको पालना गर्ने गरी वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको छ ।

बैठकले यस पूर्वका करार अवधि समाप्त भई पुनः करार नवीकरण गरेका वा भिसाको समेत म्याद थप भएका व्यक्ति आवश्यक कागजातसहित निवेदन दिएमा कोभिड–१९ परीक्षण र स्वास्थ्यसम्बन्धी प्रोटोकलको आधारमा पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय छ । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV