पर्यटकीय तथा धार्मिक स्थलका ढोका बिस्तारै खुल्न थाले


SHARES

झापा । चार महिना लामो बन्द भएको पर्यटकीय तथा धार्मिक स्थलका ढोका बिस्तारै खुल्न थालेका छन् ।

सरकारले बन्दाबन्दी खुकुलो बनाउने घोषणा गरेसँगै जिल्लाका पर्यटकीय तथा धार्मिक स्थलमा बिस्तारै चहलपहल सुरु भएको छ । कोरोना भइरस (कोभिड–१९) का कारण गत चैतदेखि घरमा थुनिएका सर्वसाधारण मनोरञ्जनका लागि विस्तारै पर्यटकीय स्थलमा पुग्न थालेका छन् ।

जिल्लाको शिवसतासी नगरपालिका–१० स्थित दोमुखा पर्यटकीय स्थलको बन्द ढोका यसै सातादेखि औपचारिक रूपमा खुलेको छ । यस्तै सोही नगरपालिका–११ स्थित सताक्षी धाममा समेत धार्मिक भक्तजनको उपस्थिति बाक्लिन थालेको छ । त्यस्तै कन्काई नगरपालिकाको जामुनखाडी सीमसार क्षेत्रसमेत खुल्ने तयारीमा रहेको छ ।

सोही नपामा निजी लगानीको ह्याप्पी ल्यान्ड पार्कसमेत खोल्ने तयारीमा पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्य सिजन चैत वैशाखमा नै बन्द गरिएका ढोका अहिले विस्तारै बढी भीडभाड नहुनेगरी खोल्न थालिएको दोमुखा धार्मिक तथा पर्यटन संस्थाका अध्यक्ष धनप्रसाद लिम्बुले बताए ।

सरकारले १५ गतेदेखि खोल्ने निर्णय गरे पनि स्थानीय स्तरमा कोरोना भइरस बढिरहेकाले तुरुन्तै खोल्न नसकिएको कनकाई–२ स्थित जामुनखाडी सीमसार तथा पर्यटकीय क्षेत्र समितिका अध्यक्ष खेमराज सिटौलाले बताए । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV