'पार्टीको बहस विधि र पद्दती पालना गराउन हो, पार्टी फुटाउने प्रवृत्तिलाई परास्त गरिन्छ' : प्रचण्ड (भिडियोसहित)


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा देखिएको विवाद विधि र पद्दतीको पालना गराउन भएको बताएका छन् । कम्युनिष्ट नेता तुलसीलाल अमात्यको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले पार्टी भित्रको विवाद विधि र पद्दतीको पालनाका लागि केन्द्रित रहेको बताए ।

नेतृत्वका लागि छिनाझप्टी भनेर गरिएको प्रचारमा आपत्ति जनाउदै उनले भने, 'पार्टीभित्रको बहसलाई कता कता नेतृत्वको छिनाझप्टी भनेर प्रचार गर्न खोजिएको छ । पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा अहिले बहस भइरहेको छ । विचार, विधि र पद्दतीको बसह पदको छिनाझप्टी होइन । कम्युनिष्ट पार्टी विचार र विधिको संयोजनबाट चल्ने पार्टी हो । त्यहीँ बनाउनका लागि बहस भइरहेको छ । विधि र पद्दतीको पालना गराउनका लागि गरिएको बहस हो ।'

Posted by क. प्रचण्ड / Comrade Prachanda on Friday, July 31, 2020

संविधान जारी गर्ने समयमा, पार्टी एकताका लागि र चुनावपछिको अवसरका विषयमा स्मरण गर्दै प्रचण्डले भने, 'पार्टी भित्रको बहस अस्वस्थ हुँदा जनता र पार्टी कार्यकर्तामा नकरात्मक असर परेको छ । पद दिएर पार्टी एकता रोक्ने प्रयास भएको थियो । मैले भन्दा यो पदको लडाईँ होइन । प्रतिक्रियावादीलाई कम्युनिष्ट भन्ने नाम नै मन परेको छैन । पार्टी एकताबाट खुसी पनि छैनन् ।' 

अहिलेकाहे बहसले पार्टी फुटाउने प्रवृत्ति परास्त हुने दावी गर्दै प्रचण्डले अहिले भइरहेको बहसलाई छोपछाप गर्न नहुने बताए । उनले भने, 'अहिलेको बहस तिखो भइरहेको छ । हामीभित्रको तिखो बहस चलिरहेको छ, चिल्ला शब्द छैनन् । इतिहासको अनुभवबाट शिक्षा लिएर पार्टी एकता कायम गर्नूको विकल्प छैन । पार्टी फुटाउने प्रवृत्तिलाई परास्त हुन्छ, गरिनेछ । बसहले माथिल्लो स्तरमा लगेर पार्टीलाई सुदृढ गर्छ ।' 



नेपाली कम्युनिष्ट आन्दोलनका नेता अमात्यको २०५४ साल साउन १७ गते भएको थियो । तुलसीलाल अमात्य प्रतिष्ठानले हरेक वर्ष साउन १७ गते स्मृति दिवसको रुपमा मनाउँदै आएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV