तेम्बा र दिपाको 'बल्ल बल्ल भेट भो'


SHARES

काठमाडौं । गायक तेम्बा शेर्पा तथा लोकप्रिय गायिका दिपा लामाको 'बल्ल बल्ल भेट भो' सार्बजनिक भएको छ । समाजसेवी तथा सिंगापुर लाहुरे शेर्पाले दोश्रो कोशेली स्वरुप “बल्ल बल्ल भेट भो” को म्युजिक भिडियो लिएर आएका हुन् ।

उनले यसअघि कुर्दैछु म तिम्रै बाटो च्यात्तिएको चोली सिएर गीतबाट दर्शक मन जित्न सफल भएका थिए ।

चर्चित संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको यस गितमा तेम्बा शेर्पा र दिपा लामाको आवाज रहेको छ । छायाँकार सुदिप बरालले छायांकन गरेको म्युजिक भिडियोलाइ मिलन चाम्सले निर्देशन गरेका हुन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

म्युजिक भिडियोमा लोकप्रिय नायक दयाहाङ्ग राइ तथा निरन्जली लामाको अभिनय देख्न सकिन्छ । परदेशमा बसेर पनि नेपाली गित संगीतलाई माया गर्ने गायक तेम्बा शेर्पा सामाजिक कार्यमा समेत सक्रिय छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV