ओलीले प्रचण्डलाई पठाए सन्देश : वार्ताका लागि अनिच्छुक, आफ्नो तर्फबाट कम्परमाइज असम्भव !


SHARES

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच संवादहीनता देखिएको छ । तत्काल वार्ता गर्ने भन्दै स्थायी कमिटी स्थगित भएको चार दिन पुग्दा पनि ओली-प्रचण्डबीच औपचारिक संवाद हुन सकेको छैन ।

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले निकास निकाल्नेगरी संवाद गर्न र समय मिलाउन महासचिव विष्णु पौडेलमार्फत ओलीलाई सन्देश पठाएपछि ओलीले पनि त्यसको जवाफ दिएका छन् । महासचिव पौडेलमार्फत ओलीले वार्ताका लागि अनिच्छा व्यक्त गरेका एक सचिवालय सदस्यले जानकारी दिए ।

ओलीको सन्देश बोकेर महासचिव पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल हिजो बेलुकी प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनीहरुले खुमलटार पुगेर तत्काल वार्ताको सम्भावना नरहेको सन्देश प्रचण्डलाई दिएका छन् ।

महासचिव पौडेलले खुमलटारमा ओलीले भनेको कुरा जानकारी गराए । 'निष्कर्षमा पुग्ने भनेको पहिल्यैकै एजेण्डामा सहमति हुने भएमात्र हुन्छ । अन्यथा वार्ताको कुनै औचित्य छैन । मेरो तर्फबाट कम्परमाइज हुने कुनै कुरा छैन । अध्यक्ष र प्रधानमन्त्रीबाहेकमा छलफल गर्न सकिन्छ ।' ओलीलाई उदृतगर्दै पौडेलले सुनाए । 

प्रचण्डले सकरात्मक परिणाम निकाल्नेगरी र पार्टी एकताको भावना अनुसार निकास निकाल्नेगरी छलफलका लागि पौडेलमार्फत सन्देश पठाएका थिए । त्यसको जवाफमा ओलीले वार्ताका लागि अनिच्छा र आफ्नो तर्फबाट कम्परमाइज असम्भव भएको सन्देश पठाएका ती सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए ।

दुवैतर्फ अनौपचारिक छलफल

पार्टीभित्रको विवाद चर्किएपछि दुवैतर्फका नेताहरु शक्ति सञ्चयका लागि लागिपरेका छन् । ओलीले पछिल्ला केहीदिनमा आफूइतर समूहका नेतासँगको भेटवार्तालाई तिब्रता दिएका छन् । प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले पनि अनौपचारिक छलफल गरिरहेका छन् ।

१३ गतेको बैठकसँगै दुबैपक्ष शक्ति सञ्चयमा लागेको देखिएको छ । ओलीले संसदीय दलमा बहुमत जुटाउने प्रयास थालेका छन् भने प्रचण्ड-नेपाल समूहले आफ्नो समूहका नेताहरुको संरक्षण गर्न थालेका छन् । दुवै पक्षले एकअर्कालाई कमजोर पार्ने रणनीतिमा सबै विकल्पमा छलफल गरिरहेका छन् ।

यो पनि हेर्नुस्

प्रचण्डले पठाए संवादका लागि ओलीलाई सन्देश : ओलीले राखे दुई सर्त !

खुमलटार पुगेर प्रचण्डसँग असन्तुष्ट नेताले भने, 'हामी तपाईँसँगै छौँ, जबज मान्ने कुरै आउँदैन'

खुमलटारका ‘विश्वासपात्र’ गौतम यसरी भए बालुवाटार युटर्न !

नेकपा विवादमा ओली र प्रचण्डको आ-आफ्नै प्रस्ताव :  संवादहीनता तोड्न महासचिवको दौडधुप

बामदेवले ओलीलाई भने, 'मैले यो प्रस्ताव तपाईँलाई खुसी पार्न ल्याएको होइन, त्यो बुझ्नु भयो भने गलत हुन्छ'

यी हुन् नेकपा केन्द्रीय कमिटीको बैठक माग गर्ने १५२ जना केन्द्रीय सदस्य (नामावलीसहित)

नेकपा विवाद : बामदेव गौतम भेट्न भैँसेपाटी पुगे प्रधानमन्त्री ओली

नेकपाको ४४ सदस्यीय स्थायी कमिटीमा यी हुन् आजको बैठकमा सहभागी २९ सदस्य (नामावलीसहित)

नेकपा स्थायी कमिटी बैठक सकियो : ओलीले एकतर्फी बैठक स्थगित गर्नू गलत भएको निष्कर्ष

प्रचण्डले स्थायी कमिटी बैठकमा भने, 'कसैको लहड र उत्तेजनाबाट पार्टी विभाजन हुन दिनु हुँदैन'

नेकपा उपाध्यक्ष बामदेव गौतम पुगे बालुवाटार, बैठकमा सहभागी


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV