मान्छेको उचाईको बोका : तौल १६० किलो, मूल्य सुनेर सबैजना आश्चर्यमा !


SHARES

एजेन्सी । भारतको छत्तिसगढस्थित दुर्ग जिल्लामा एउटा बोका निकै चर्चित भएको छ । ८ फिट लामो उक्त बोकाको वजन १ सय ६० किलो रहेको छ । उक्त बोकाको शरीर हेर्न तथा तस्बिर खिच्नेको भीड लाग्ने गरेको छ ।

बकर इदमा कुवार्नीका लागि उक्त बोकालाई पञ्जाबबाट भिलाई लगिएको छ । बकर इदमा कुवार्नीका लागि बोका खोज्ने क्रममा उक्त बोको भेटिएको हो । बकर इदमा अनलाइनमै बोका कारोबार भइरहेको छ ।

उक्त बोको तोतापारी र जमुनापारीको क्रस नश्लको भएको बताइएको छ । भिलाई फरिद नगर बस्ने लाल बहादुरको उक्त बोकाको मूल्य १ लाख ५३ हजार भारतीय रुपैयाँ रहेको छ । लाल बहादुरले एक साता पहिले मात्रै उक्त बोका खरिद गरी ल्याएका थिए ।

८ फिट लामो उक्त बोकोले आफ्नो गर्धन १० फिटसम्म उचाईमा लैजान सक्ने बताइएको छ । लाल बहादुरले बोकोलाई आफ्नो घरसम्म ल्याउनका लागि २३ हजार भारतीय रुपैयाँ खर्च गरेको बताएका छन् ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV