नेपालमा कोरोना : कुन जिल्लामा कति संक्रमित ? (सूचिसहित)


SHARES

  • सञ्जय श्रेष्ठ

काठमाडौं । नेपालमा कोरोना भाइरस (काेभिड-१९) काे संक्रमण निरन्तर बढ्दै गइरहेको छ । नयाँ संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएको छ भने ज्यान गुमाउनेहरुको संख्या पनि थपिने क्रममा रहको छ ।

नेपालमा एक ठाउँबाट अर्को ठाउँमा जानका लागि आवागमनमा सहज हुँदै गर्दा कोरोना संक्रमितहरुको संख्यामा पनि त्यसरी नै वृद्धि हुँदै गएको छ । नेपालमा कोरोना संक्रमितको संख्या अहिले सम्म १९ हजार ७ सय ७१ जना पुगेका छन् ।

देशभर अहिलेसम्म ५६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये ५ हजार ३ सय १६ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरुको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रदेश नम्बर १ मा अहिले २ सय २२ जना सक्रिय संक्रमित रहेका छन् । प्रदेश १ मा अहिलेसम्म १ जनाले ज्यान गुमाएका छन् । १ नम्बर प्रदेशमा १४ वटा जिल्ला रहेका छन् ।

इलाममा १२, उदयपुरमा १२, ओखलढुङ्गामा १०, खोटाङमा १, झापामा ५१, ताप्लेजुङमा ८, तेह्रथुममा २, धनकुटामा ४, पाँचथरमा १, मोरङमा ९८, सुनसरीमा २० र सोलुखुम्बुमा ३ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै प्रदेश एकका २ वटा जिल्ला भोजपुर र संखुवासभा कोरोना मुक्त रहेका छन् । अहिलेसम्म जम्मा संक्रमित १ हजार ५४ जना रहेका छन् । भने ८ सय ३१ जना संक्रमण मुक्त भएका छन् ।

प्रदेश नम्बर २ मा अहिलेसम्म सबैभन्दा बढी कारोना संक्रमित र मृत्यु भएका छन् । प्रदेश २ मा अहिले २ हजार ३४ जना सक्रिय संक्रमित रहेका छन् । भने १९ जनाले ज्यान गुमाएका छन् ।

प्रदेश २ का ८ जिल्लामध्ये धनुषामा ९३, पर्सामा २ सय ५९, बारामा ८७, महोत्तरीमा ४ सय ९३, रौतहटमा ७ सय ६५, सप्तरीमा १ सय ३१, सर्लाहीमा १ सय ४६, र सिराहमा ६० जना सक्रिय संक्रमितको उपचार भइरहेको छ ।

प्रदेश २ मा जम्मा संक्रमित ५ हजार १ सय ५४ रहेका छन् । यसमध्ये ३ हजार १ सय १ जना संक्रमण मुक्त भएका छन् ।

यता देशको राजधानी रहेको बागमती प्रदेशमा ५ सय ७२ जना सक्रिय संक्रमित रहेका छन् । १० जना कोरोना संक्रमितको ज्यान गएको छ । बागमती प्रदेशको काठमाडौंमा ३ सय १५, चितवनमा ४३, दोलखामा १ र धादिङमा २५ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै नुवाकोटमा १८, भक्तपुरमा २७, मकवानपुरमा २४, रामेछापमा १८, ललितपुरमा ६५, सिन्धुपाल्चोकमा ३२ र सिन्धुलीमा ४ जना संक्रमितले उपचार गराइरहेका छन् । रसुवा र काभ्रे जिल्ला कोरोना मुक्त रहेको छ । अहिलेसम्म जम्मा १ हजार १ सय ८ जना संक्रमित भएको प्रदेशमा ५ सय २६ जना संक्रमण मुक्त भएका छन् ।

गण्डकी प्रदेशमा अहिलेसम्म ३ सय २४ सक्रिय संक्रमित रहेका छन् । गण्डकी प्रदेशमा ५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । कास्कीमा ३८, गोरखामा २५, तनहुमा २५, नवलपरासी पुर्वमा ६२, पर्वतमा ८, म्याग्दीमा ८, लमजुङमा ४३, वाग्लुङमा ३२, स्याङ्जामा ८३ जना सक्रिय संक्रमितले उपचार गराइरहेका छन् ।

यस्तै ११ वटा जिल्ला रहेको गण्डकी प्रदेशमा मनाङ र मुस्ताङ संक्रमण मुक्त रहेका छन् । यो प्रदेशमा अहिले सम्म १ हजार ५ सय ७३ जना संक्रमित रहेका छन् । जसमध्ये १ हजार २ सय ४४ जना संक्रमण मुक्त भएका छन् ।

प्रदेश नम्बर ५ मा ४ सय ३० जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म प्रदेश ५ मा १० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । अर्घाखाचीमा २४, कपिलवस्तुमा ६०, गुल्मीमा १९, दाङमा १ सय ३८ र नवलपरासीमा ४९ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पाल्पामा ११, प्युठानमा ७, बर्दियामा ३१, बाँकेमा २९, रुकुम पुर्वमा ४, रुपन्देहीमा ३६ र रोल्पामा २२ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ । अहिलेसम्म यो प्रदेशमा ४ हजार ३ सय ६६ जना संक्रमित रहेका छन् । भने ३ हजार ९ सय ७१ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् ।

कर्णाली प्रदेशमा २ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म ४ जनाले ज्यान गुमाएका छन् । कालिकोटमा १९, जाजरकोटमा १५, जुमलामा ३, डोल्पामा २ र दैलेखमा १ सय ३८ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै मुगुमा ७, रुकुम पश्चिममा ९, सल्यानमा ७३, सुर्खेत २८, हुम्ला २ जनाले उपचार गराइरहेका छन् । अहिलेसम्म कर्णालीमा कुल २ हजार १८ जना संक्रमित भएका छन् । भने १ हजार ७ सय १८ जना संक्रमण मुक्त भएका छन् ।

यता सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ८३ सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म ७ जनाले ज्यान गुमाएका छन् । अछाममा १ सय ३६, कञ्चनपुरमा ६२, कैलालीमा ५ सय ५ र डडेलधुरामा ४२ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै डोटीमा २ सय ९, दार्चुलामा २५, बझाङमा १ सय १९, बजुरामा ३ सय ६५, बैतडीमा २० जनाले उपचार गराइरहेका छन् । अहिलेसम्म यो प्रदेशमा ४ हजार ४ सय ९८ कुल संक्रमित रहेका छन् । जसमध्ये संक्रमण मुक्त हुनेको संख्या ३ हजार ८ रहेको छ ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV