कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघ्यो : पछिल्लो २४ घन्टामा ३१५ जनामा संक्रमण


SHARES

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या २० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका ३ सय १५ जनासहित देशभर संक्रमितको संख्या २० हजार ८६ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १४ हजार ४ सय ९२ जना उपचारपछि घर फर्किएका छन् भने ५६ जनाको अहिलेसम्म ज्यान गएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV