पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ६ जनामा कोरोना भाइरसको संक्रमण


SHARES

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप ६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

पछिल्लो २४ घन्टामा देशैभर थपिएका ३ सय १५ जनासहित देशभर संक्रमितको संख्या २० हजार ८६ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १४ हजार ४ सय ९२ जना उपचारपछि घर फर्किएका छन् भने ५६ जनाको अहिलेसम्म ज्यान गएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV