सेनाको कुटाईबाट मृत्यु भएका राजकुमार चेपाङको परिवारलाई १० लाख दिने (निर्णयसहित)


SHARES

चितवन । चितवनको निकुञ्ज क्षेत्रमा सेनाको कुटाईबाट मृत्यु भएका चेपाङ युवाको परिवारलाई १० लाख रुपैयाँ उपलव्ध गराउने भएको छ ।

चितवनमा बसेको सरोकारवाला सर्वपक्षीय बैठकमा मृतक राजकुमार चेपाङको परिवारलाई १० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय भएको हो ।

चिवतन राष्ट्रिय निकुञ्ज, मध्यवती क्षेत्र उपभोक्ता समिति लोथरबाट यसअघि उपलव्ध गराउने सहमति भएको ७ लाख रुपैयाँ र राप्ती नगरपालिकाबाट ३ लाख गरी १० लाख उपलव्ध गराउने निर्णय भएको छ ।

त्यसैगरी, दोषीउपर कानुनी कारवाही गर्ने निर्णय भएको छ ।

मृतक राजकुमार चेपाङको घर निर्माणका लागि चितवन निकुञ्जको तर्फबाट निर्माण सामग्री उपलव्ध गराउने र उपभोक्ता समितिबाट सहजीकरण गर्ने निर्णय भएको छ ।

नावालिका छोरी स्कूल जाने उमेरसम्मका लागि भरणपोषण तथा प्लस टुसम्मको अध्ययनका लागि निकुञ्जले सहयोग गर्ने निर्णय भएको छ ।

चेपाङ संघले आइतबारसम्ममा मृतक परिवारलाई यथोचित राहत नदिए, दोषीलाई कारवाही गर्ने प्रतिवद्धता नआए सडक आन्दोलन गर्ने दुई दिनअघि चेतावनी दिएको थियो ।

साउन १ गते निकुञ्ज क्षेत्रमा घुँडी टिप्न राजकुमारसहित चेपाङहरु गएका थिए । सेनाको एकजना सिपाहीले नियन्त्रणमा लिएर सबैलाई कुटपिट गरेका थिए ।

कुटपिटपछि बिरामी भएका राजकुमारको उपचारका क्रममा साउन ८ गते मृत्यु भएको थियो । राजकुमारको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल काठमाडौंमा छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV