सिन्धुलीको सशस्त्र प्रहरी प्रमुख फेरिए « Nagarik Khabar

सिन्धुलीको सशस्त्र प्रहरी प्रमुख फेरिए



  • दिपेश थापा

सिन्धुली । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म सिन्धुलीको प्रमुख फेरिएका छन् । सशस्त्र प्रहरी बलले शुक्रबार डीएसपीहरुको सरुवा गर्दै सिन्धुलीको प्रमुख पनि फेरेका हुन् ।

सशस्त्र प्रहरी बल सिन्धुलीको प्रमुखमा डीएसपी नारायणप्रसाद पौडेलको सरुवा भएको छ । उनी पोखराबाट सिन्धुली आउन लागेका हुन् ।

सशस्त्र प्रहरी बलले नियमित रुपमा एक वर्षमा गुल्म, गण, बाहिनी लगायत इञ्चार्जहरु परिवर्तन गर्ने गर्दछ । सोही क्रममा डीएसपीहरुको सरुवा निकालेको सशस्त्र प्रहरी बल नेपालको मुख्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: