'नेकपामा बहिरो संस्कृति निर्माण भयो, पार्टी विधि प्रधान हुनुपर्छ'


SHARES

  • सञ्जय श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अहिले आन्तरिक विवादमा फसेको छ । दुई ठुला पार्टीहरू तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) मिलेर बनेको नेकपा भित्र अहिले चरम विवाद रहेको छ । राजनीतिक विश्लेषकहरु नेकपाको विवादलाई लिएर उक्त पार्टीकाे भविष्य गतिलो नभएको बताउँछन् ।

नेकपाका विवादका विषयमा पार्टीका केन्द्रीय सदस्यहरु पार्टीको विधि प्रकृयालाई नमानेका कारण समस्या भएको बताउँछन् ।

विवादका कारण

नेकपा अहिले सबै हिसाबले असफलताको अवस्थामा रहेका कारण यसप्रकारका विवादहरू उत्पन्न भएकाे केन्द्रीय सदस्य युवराज चौलाईले बताए । उनले पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न ठोस् विचार, संगठनको निश्चित मुल्य मान्यता, संस्कृति र कार्यक्रम हुनुपर्ने बताए । तर नेकपाले अहिले कुनै पनि कार्यक्रम गर्न नसकेको चौलागाईको भनाई छ ।

नेकपाका अर्का केन्द्रीय सदस्य देवशंकर पौडेल भने यसलाई सामान्य प्रकृया बताउँछन् । नेकपाको विवादभन्दा पनि छलफल र बहस भएको उनको तर्क छ । यो प्रकृया पहिले पनि हुने गरेकाे, अहिले पनि भएको र भोलि पनि हुने उनको भनाई छ । ‘हिजोका दिनहरुमा पार्टीमा आन्तरिक रुपमा गोप्य ढंगले छलफल हुन्थ्यो’, उनले भने, 'अहिले पार्टी खुल्ला छ, त्यसैले सबै कुरा बाहिर आएको कारण यो विवाद जस्तो देखिएको हो ।’

नेता चौलागाई भने पार्टी भित्रको विवादको पहिलो कारण सरकार सञ्चालनको शैली भएको बताउँछन् । लोकतन्त्रमा पार्टी र सरकारबीचको सम्बन्ध के हो भन्ने कुरा प्रमुख हुने र यो विषयमा प्रधानमन्त्री अस्पष्ट देखिएको कारण पार्टी भित्र विवाद आएको उनले बताए । संस्कार संस्कृतिमा व्यक्ति पूजा, भ्रष्ट्राचार, जनताको आलोचनाहरुलाई नसुन्ने बहिरो संस्कृति नेकपाको समस्या भएको उनी बताउँछन् ।

नेकपा निर्माणको प्रकृयादेखि अहिलेसम्म जुन विधि, पद्दति प्रकृयाबाट आउनु पर्ने हो, त्यो नभएका कारण पार्टी भित्र यो स्थिति सिर्जना भएको नेकपाका अर्का केन्द्रीय सदस्य ठाकुर गैरे बताउँछन् । पार्टी निर्णय, संगठनात्मक स्वारुपलाई शिर्ष नेताहरुले पालना नगर्नुको उपज पार्टी भित्रको विवाद रहेको बताए । उनले पार्टी विधिमा चल्ने भएको कारण विधि र प्रकृया नै मुख्य भएको बताए । उनी नेताहरु विधिभन्दा बाहिर रहेको कारण यस्तो समस्या आएको ठाकुर बताउँछन् ।

समाधान कसरी

पार्टीलाई एकतावद्ध बनाएर अगाडि बढाउनुको विकल्प नरहेको नेता पौडेलले बताए । उनले पार्टी विधि र प्रकृया भन्दा बाहिर जान नहुने र विधि र प्रकृयामा जाँदा सबै किसिमको समस्या समाधान हुने पौडेलको भनाइ रहेको छ ।

गैरे पनि पार्टीलाई अगाडि बढाउनको लागि शिर्ष नेताहरु एक ठाउँमा बसरे बैठक छलफल गरेर जानुको विकल्प नभएको बताउँछन् । उनले पार्टीको विधि प्रकृयाबाट भएको निर्णय सबैले मानेर जानु पर्ने बताए । नेकपा जनताको पार्टी भएको कारण शीर्ष नेताहरुले विधि र प्रकृयालाई अनुशरण गरेर जानुको विकल्प नभएको उनले बताए ।

पार्टी एकतावद्ध हुनुपर्छ तर एकता भनेर एउटाको पाउमा अर्को परेर नहुने चौलागाई बताउँछन् । हिजो जुन आधारबाट एकता भएर अगाडि बढे त्यसलाई कार्यन्वयन गर्नु पर्ने उनको भनाइ छ । जनमत र भावनालाई केन्द्रमा राखेर पार्टी संगठनात्मक अवस्था, जिम्मेवारी लगायत सबै कुरामा अभिव्यक्त हुने गरी एकता हुनुपर्दछ । 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV