मेक्सिकोका राष्ट्रपतिले देशमा भ्रष्टाचार पूर्ण रुपमा अन्त्य भए मात्र मास्क लगाउने


SHARES

एजेन्सी । कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या विश्वभरमा झण्डै दुई करोड पुगेको छ । यसमा १ करोड १२ लाखभन्दा बढी निको पनि भएका छन् । त्यसैगरी काेराेनाबाट ६ लाख ८४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

यसैक्रममा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओबराडोरले शनिवार देशबाट भ्रष्टाचार पूर्णरुपमा अन्त्य भए मात्र आफूले मास्क लगाउने जनाएका छन् । मेक्सिको संसारको सबैभन्दा बढी कोरोना संक्रमणबाट मृत्यु हुने देशहरु मध्ये तेस्रो स्थानमा रहेको छ ।

शुक्रबार मात्रै मेक्सिकोमा काेराेना भाइरसबाट मर्नेहरुको संख्या ८ हजार ४ सय ५८ रहेको छ भने अहिलेसम्म ४६ हजार ६ सय ८८ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट मृत्यु हुनेहरुको संख्याका आधारमा मेक्सिकोले बेलायतलाई पछाडि पारेको छ । अमेरिका र ब्राजिल पछि कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेको संख्या मेक्सिकोको रहेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV