अमेरिकामा २४ घण्टाभित्र १,४४२ कोरोना संक्रमितको मृत्यु


SHARES

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा कोभिड–१९ संक्रमणबाट एक हजार ४ सय ४२ व्यक्तिको मृत्यु भएको छ ।

शनिबार जोन हकिन्स विश्व विद्यालयद्वारा सार्वजनिक तथ्याङ्क अनुसार शनिबारसँगै लगातार चार दिन अमेरिकामा एक हजार २ सयभन्दा बढी ब्यक्तिको कोभिड–१९ को महामारीबाट मृत्यु भएको हो ।

विश्वको सबैभन्दा बढी कोभिड–१९ संक्रमित र मृत्य भएको अमेरिकामा कोरोना भाइरसका कारण शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार २ सय ६८ पुगेको अमेरिकाको आधिकारिक तथ्याङ्क रहेको छ ।

अमेरिकामा विगत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ६९ हजारभन्दा बढी पुगेको र अहिलेसम्म ४५ लाख सङ्क्रमित भएका उक्त विश्वविद्यालयले जनाएको छ । अमेरिकामा शनिबारसम्ममा कूल १४ लाख सङ्क्रमित निको भई घर फर्किएका बताइएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २९ गते, बिहीबार

menu LIVE TV