क्वारेन्टीनमै बसेर काठमाडौंको ट्राफिक कमाण्ड गर्दै एसएसपी ढकाल



काठमाडौं । सधै सडकमा खटिने ३ सय ७५ ट्राफिक प्रहरीलाई क्वारेन्टीनमा राखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा पूर्ण रुपमा ‘सिल’ गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै एसएसपी भीमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टीनमा राखिएको हो । लकडाउन खुलेसँगै उपत्यकाको सवारी चाप बढेको छ ।

महानगरीय ट्राफिक कार्यालय सिल, एसएसपी ढकालसहित ३६५ ट्राफिक क्वारेन्टीनमा

Posted by Nagarikkhabar.com on Sunday, August 2, 2020

सडकमा गुड्ने सवारी साधनको निगरानी साथै सर्वसाधारण समेत निगरानी गर्नुपर्ने अवस्थामा छ । यद्यपि महानगरका दुईजनामा कोरोना संक्रमण देखिएसँगै प्रमुख ढकालसहित ३ सय ७५ जना क्वारेन्टिनमा छन ।

जनशतिm केही कम भएको छ । महाशाखाको मातहतमा १५ सय ४५ जना कार्यरत थिए । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको एसएसपी ढकालले बताए ।

क्वारेन्टीनमै बसेपनि ट्राफिक व्यवस्थापनमा भने कुनै समस्या नभएको र नहुने हुने महाशाखाले जनाएको छ । चाप बढी भएको स्थानमा चाप कम भएको स्थानको जनशक्ति हेरफेर गरेर ट्राफिक व्यवस्थापन गर्ने प्रमुख एसएसपी ढकालले जनाकारी दिए ।

आजदेखि क्वारेन्टीनमा बसेपनि फोन, मेसेज, वाकीटकीबाट आफू मातहतका ट्राफिक प्रहरीलाई उनी निर्देशन दिइरहेका छन् । उनी सीसीक्यामेरा निगरानी गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार महाशाखा सिल गर्ने र अन्य कर्मचारीको पनि कन्ट्याक ट्रेसिङ गर्ने र परीक्षण गर्ने योजना अगाडि बढाइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए ।

नेपाल प्रहरीमा संक्रमितको संख्या २ सय ५२ जना पुगेको छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV