शाहरुख पुत्री सुहानाको फोटो सुटको शौख (फोटो फिचर)



एजेन्सी । बलिउडका किंग खान अर्थात सुपरस्टार शाहरुख खानकी छोरी सुहाना जवान भैसकेकी छिन ।

उनले फिल्मी क्षेत्रमा डेब्यु नगरेको भए पनि सोसल मिडियामा अधिक चर्चा कमाइसकेकी छिन ।

उनका फ्यान फलोइङ पनि अहिले ह्वात्तै बढेको छ । खासगरि सुहानाका फोटो र भिडियोहरु आजकल सोसल मिडियामा भाइरल हुँदा उनको चार्चा चुलिएको हो ।

फोटो सुट गर्न र ईन्स्टाग्राममा पोस्ट गर्न अधिक रुचाउने बानीले सुहानालाई सोसल मिडियामा चर्चित बनाएको हो ।

सन २००० मे २२ मा जन्मिएकी सुहाना अभिनयमा पनि निकै रुची राख्छिन ।

केही समयअघि आफ्ना पिता साहरुखसंग बलिउडमा डेब्यु गर्ने विषयमा चासो ब्यक्त गरेकी थिइन ।

त्यसबेला पिता साहरुखले अभिनय सिक्न अझै केही समय लाग्ने जवाफ दिएका थिए ।

यसबाट के प्रष्ट हुन्छ भने, सुहानालाई भविष्यमा बलिउड सिनेमामा देख्न पाइनेछ ।

नृत्य गर्न, फुटबल खेल्न र नयाँ नयाँ ठाउँमा घुम्न रुचाउने सुहाना खानको सन २०१६ मा समुन्द्री किनारमा खिचिएको बिकिनी फोटो अत्यधिक भाइरल बनेको थियो ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV