काठमाडौंमा अब ४ हजारमै कोरोना परीक्षण


SHARES

काठमाडौं । सरकारले तोकेकोभन्दा सस्तो मूल्यमा बिध म्यानेजमेन्ट प्रालिले कोरोना भाइरसको परीक्षण गर्ने भएको छ । भोलि (सोमबार) बाट बिध म्यानेजमेन्टले प्रतिव्यक्ति ४ हजार रुपैयाँमा कोरोना परीक्षण गर्न लागेको हो ।

साउन १३ गतेबाट कोरोना परीक्षणको अनुमति पाएको बिधले प्रतिव्यक्ति ४ हजार ५ सयमा परीक्षण गर्दै आएको थियो । बिधले आफ्नो ल्याबको क्षमता बढाउँदै महामारीका बेला जनताको सेवाका लागि सोमबारदेखि प्रतिव्यक्ति ४ हजारमा परीक्षण गर्न लागेको बिधका अध्यक्ष बीके भण्डारीले जानकारी दिए ।

सो ल्याबको दैनिक परीक्षण क्षमता ४३ सय छ । विगतमा ५ घण्टामा परीक्षण रिपोर्ट आउने गरेपनि अब ४ घण्टामै रिपोर्ट दिन सकिने बिधले जनाएको छ ।

कोभिड १९ को महामारीबाट नेपालसहित विश्व नै आक्रान्त भइरहेको बेला सरकारले निजी क्षेत्रको सहभागितामा समेत कोरोना परीक्षण गर्नका लागि अनुमति दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट साउन १३ गते बिध म्यानेजमेन्ट प्रालिले कोभिड ल्याब सञ्चालन अनुमति पाएको थियो ।

 


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २१ गते, बुधबार

menu LIVE TV