माइतीघर मण्डलाको जुलुसबाट फैलियो प्रहरी प्रधान कार्यालयमा कोरोना !


SHARES

काठमाडौं । पछिल्ला केही दिनयता प्रहरी प्रधान कार्यालयमा कार्यरत ७२ जना प्रहरी कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित भएका छन् ।

पहिलोपटक साउन ११ गते प्रहरी प्रधान कार्यालयका चार जनामा कोरोना देखिएको थियो । उनीहरु सवारी र सञ्चार शाखामा कार्यरत कर्मचारी थिए ।

ती संक्रमितका कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट शुक्रबारसम्म प्रहरी प्रधान कार्यालयका ७२ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टी भयो । संक्रमितहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले प्रहरी प्रधान कार्यालयमा कोरोना भाइरस कहाँबाट फैलियो भन्ने अध्ययन गरिरहेको छ । सुरुमा संक्रमित चार प्रहरीमा ज्वरो, रुघा–खोकी देखिएपछि उनीहरुमा परीक्षण गरिएको थियो । सुरुमा संक्रमण पुष्टि भएकाहरुबाट नै प्रहरीले संक्रमणको स्रोत खोजिरहेको छ ।

सुरुमा कोरोना संक्रमित हुनेमध्येका एक चालक हुन् । उनी काठमाडौं उपत्यकामा हुने विभिन्न विरोध तथा समर्थनका जुलुस, सभाको सुरक्षा तथा नियन्त्रणका लागि खटिने प्रहरीका लागि गाडी चलाउँथे । असार अन्तिम साता नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग भएको थियो । प्रधानमन्त्री ओलीका समर्थकहरुले माइतीघर मण्डलामा ‘ओलीलाई प्रधानमन्त्रीबाट हटाउनु हुन्न’ भनेर जुलुस निकालेका थिए ।

प्रहरी स्रोतकाअनुसार त्यो जुलुसको सुरक्षा तथा नियन्त्रणका लागि खटिएका प्रहरीका लागि प्रहरी प्रधान कार्यालयबाट ती चालकले गाडी चलाएर गएका थिए, जो प्रहरी प्रधान कार्यालयमा कोरोना भाइरस संक्रमित हुने पहिलो व्यक्ति हुन् । ‘प्रहरीका ती चालकलाई माइतीघर मण्डलामा निस्कने जुलुसहरुबाट कोरोना संक्रमण भएको हुनसक्ने हाम्रो निष्कर्ष छ,’ प्रहरी स्रोतले भन्यो ।

प्रहरी प्रधान कार्यालयमा सुरुमा कोरोना भाइरसबाट संक्रमित हुन अर्का प्रहरी कर्मचारी ट्याङ्कर चालक हुन् । प्रहरी स्रोत भन्छ, ‘उनीबाट भन्दा पनि माइतीघर मण्डलामा हुने जुलुस प्रदर्शनबाट कोरोना फैलिएको हुन सक्छ ।’


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल श्रावण २१ गते, बुधबार

menu LIVE TV