एम्बुलेन्समा कोरोना संक्रमितको मृत्यु, स्वास्थ्यकर्मीको भागाभाग



एजेन्सी । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले मानवतालाई नै मेटाउदै लगेको छ । बिहारको सुपौलमा उपचारका लागि लगिएका कोरोना एक बिरामीको मृत्यु हुँदा स्वास्थ्यकर्मीहरू एम्बुलेन्स स्थलबाट भागेका छन् ।

यो घटना बिहारस्थित सुपौल जिल्लाको त्रिवेणीगञ्जको हो । जहाँ कोरोना संक्रमित बिरामीलाई अस्पताल ल्याउँदा एम्बुलेन्समा नै कोरोना पीडितको मृत्यु भयो । बिरामीको मृत्यु पश्चात स्वास्थ्यकर्मीहरुले डरका कारण एम्बुलेन्स छोडेर भागे ।

बिरामीको मृत्यु हुने बित्तिकै उनीहरूले विरामीलाई एम्बुलेन्समै छाडेर अस्पताल परिसरबाट बाहिर निस्किएका थिए । घटनाको बारेमा जानकारी दिँदै अस्पतालका सुपरिटेन्डेन्ट डा.आरपी सिन्हाले कोरोना पीडितलाई छतीपुर पिएचसीबाट ल्याइएको बताए ।

बिरामीको मृत्युपछि उनकी श्रीमती एम्बुलेन्समा बसिरहेकी थिइन्, तर कोही पनि उनको चासो लिन आएनन् । कोरोना पीडितको मृत्यु पछि भागाभागको अवस्था अस्पताल परिसरमा घण्टौँसम्म रह्यो ।

यसैबीच त्रिवेणीगंज अस्पतालका म्यानेजर प्रेम रंजनले मृतककी श्रीमतीलाई कोरोना पोजिटिभ भएको र उनलाई क्वारेन्टिनमा राखिने बताएका छन् ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १२ गते, सोमबार

menu LIVE TV