उदयपुरमा नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, एक प्रहरी घाइते (भिडियाे)



उदयपुर । उदयपुरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । बेलका नगरपालिकाका स्थानीय जनप्रतिनिधि र कर्मचारीले आर्थिक अनियमितता गरेको भन्दै नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

नेकपाको बहुमत जनप्रतिनिधि रहेको बेलकामा जनप्रतिनिधिले भ्रष्टचार गरेको कांग्रेसको आरोप छ । प्रमुख जिल्ला अधिकारी चक्रमणी पाण्डेले झडपका क्रममा एक जना प्रहरी घाइते भएको र अन्यको जानकारी नआएको बातए ।

‘नेकपा जनप्रतिनिधिले नगरपालिकाको आर्थिक अनियमितता गरेको कांग्रेसको आरोप रहेछ', उनले भने, ‘कांग्रेसको माग छानविन हुनुपर्ने रहेछ, नेकपाले माग आफ्ना जनप्रतिनिधिको बचाउ गर्न आन्दोलन गर्दा झडप भएको हो ।’

मेयर दुर्गाकुमार थापाले मनलाग्दी र अनियमितता गरेको भन्दै नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनले नगरपालिका घेराउ गरेर प्रर्दशन गरेपछि झडप भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरिक्षक नविन शाहले बताए ।

शाहकाअनुसार एक जना प्रहरी र ६–७ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुको टाउको र खुट्टामा चोट लागेका स्थानीयले बताएका छन् । केहिदिन अघि नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरीले नगरपालिकामा मनलाग्दी र भ्रष्टाचार बढेको भन्दै राजीनाको घोषणा गरेपछि विपक्षीदल कांग्रेस सहित विभिन्न दलहरु आन्दोलित बनेका छन ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १५ गते, बिहीबार

menu LIVE TV