अमिताभ बच्चनले जिते कोरोना !



काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण देखिएपछि गत जुलाई ११ मा मुम्बईको नानावटी अस्पतालमा भर्ना भएका बच्चन आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

यसअघि उनको परिवारमा श्रीमती जया बच्चनबाहेक सबैजनालाई कोरोना संक्रमण देखिएको थियो । बच्चन आफ्नो छोरा अभिषेक र बुहारी ऐश्वर्या तथा नातिनि आराध्याको साथमा अस्पतालमा रहेका थिए ।

अस्पतालमा रहेका बेलापनि सिनियर बच्चन सामाजिक सञ्जाल र शारीरिक व्यायममा सक्रिय रहेका थिए । सामाजिक सञ्जालमा उत्प्रेरणा दिने ट्विटहरु गरिरहने उनको अस्पतालमा दिनचर्या भने निकै सामान्य रहेको थियो ।

 




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन ११ गते, आईतवार

menu LIVE TV