आइतबार विभिन्न देशबाट १,१७२ नेपाली स्वदेश फर्किए



काठमाडौं । विभिन्न मुलुकमा अलपत्र एक हजार १ सय ७२ नेपाली स्वदेश फर्किएका छन् । आइतबार एकै दिन क्वालालम्पुरबाट १४ र दोहाबाट चार गरी १८ शव पनि नेपाल ल्याइएको छ । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । नेपाल एयरलाइन्सले दोहाबाट १ सय ५० यात्रु र चार शव, क्वालालम्पुरबाट २ सय ५२ यात्रु, दुई बच्चा र १४ शव नेपाल ल्याएको छ । सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि दुबई र जेदाह प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

हिमालय एयरलाइन्सले अबुधाबीबाट १ सय ५४ यात्रु काठमाडौं ल्याएको छ । थप नेपाली ल्याउन हिमालयको जहाज अबुधाबी, क्वालालम्पुर र चीनको कुनमिङ उडेको छ । त्यस्तै मालिन्दो एयरले क्वालालम्पुरबाट १ सय ७० नेपाली काठमाडौं ल्याएको छ । फ्लाई दुबईले दुबईबाट १ सय ५२ यात्रु ल्याएको छ । कतार एयरवेजले दोहाबाट १ सय ३९ यात्रु नेपाल ल्याएको छ । एयर अरेबियाले सारजाहाबाट १ सय ६५ यात्रु काठमाडौं ल्याएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सोमबार पनि विभिन्न एयरलाइन्सका १० वटा चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ ।




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन १३ गते, मंगलवार

menu LIVE TV