डिजिटल प्रविधि क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने



काठमाडौं । देश विकासका लागि उद्यमशीलताको विकास र डिजिटल प्रविधिको प्रवद्र्धनमा सरकारले लगानी गर्नुपर्ने आवश्यकता औँल्याइको छ ।

डिजिटल संवाद नामक आइतबार आयोजित भर्चुअल डिजिटल संवाद कार्यक्रममा वक्ताहरूले पछिल्लो समय सरकारले विभिन्न योजना र नीति निर्माण गर्दै उद्यमशीलतालाई केन्द्रदेखि स्थानीय निकायसम्म जोड्नुपर्नेमा जोड दिए ।

सिर्जनादेखि उद्यमीसम्मको यात्रामा आउने थुप्रै समस्या र चुनौतीका बाबजुद नेपालमा केहीले उदाहरणीय सफलता पनि हासिल गरेको उनिहरुको भनाइ छ । पूर्वमन्त्री गणेश शाहले डिजिटल स्टार्टअपको आवश्यकता र यसको प्रवद्र्धनमा सरकारले काम गर्न सके मात्र विकास दिगो हुनसक्ने बताए । उनले लगानीको मुख्य समस्या रहेको भन्दै बैंक पनि स्टार्टअपमैत्री नभएको गुनासो व्यक्त गरे ।

त्यसैगरी पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकारले नवप्रवर्तन र प्रविधिलाई अझै बुझ्न नसकेको बताए । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले १५औँ आवधिक योजनादेखि १९औँ आवधिक योजनासम्म विभिन्न कार्यक्रम र रणनीतिमार्फत देशमा उद्यमशीलताको विकास गरेर समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गरिने बताए ।

उद्योग विभागका निर्देशक प्रेमप्रसाद लुइँटेलले स्टार्टअपका लागि रु ५० करोड तत्काल लगानी गर्ने र रु पाँच अर्बको कोष बनाएर बृहत्रूपमा उद्यमशीलताको विकासमा लाग्ने गरी काम भइरहेको बताए ।

डिजिटल स्टार्टअपका लागि शिक्षादेखि लगानीसम्म त्यत्तिकै महत्वपूर्ण रहेको भन्दै नेपाल आन्टरप्रेनर्स हबका सहसंस्थापक सुमन शाक्यले इन्टरप्रेनर्स इकोसिस्टमको विकासमा जोड दिनुपर्ने बताए । रासस




mode_editप्रतिक्रिया




menu LIVE TV

२०७७ साल आश्विन २ गते, शुक्रबार

menu LIVE TV